विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सरकारले बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा ४ वर्षका लागि अरुण रजौरियालाई नियुक्त गर्ने निर्णय गरेको छ । छनोट समितिको सिफारिसका आधारमा कम्पनीको सञ्चालक समितिको आज (बिहीबार) बसेको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीको विनियमावली, २०७९ को नियम ३६ को उपनियम (१) बमोजिम सञ्चालक समितिले सिइओमा नियुक्त गरेको पनि जनाइएको छ । हाल रजौरिया हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) को नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् । जलविद्युत् अध्ययन, डिजाइन, निर्माण एवम् व्यवस्थापनमा झण्डै ३ दशक अनुभव हासिल गरेका उनलाई बूढीगण्डकीको जिम्मेवारी दिनु सरकारले उचित ठाउँमा सही व्यक्तिको छनोट गरेको मान्न सकिन्छ ।

रजौरियालाई भोलि अर्थात् शुक्रबार नै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नियुक्तिपत्र प्रदानसँगै पद तथा गोपनियताको शपथ गराउने जनाइएको छ । नियुक्तिको निर्णय भएसँगै उनले ऊर्जा खबरसँग भने, ‘बृहत् बहुउद्देश्यीय आयोजनाको रूपमा मैले आफ्नो कार्यकालमा यो आयोजना निर्माण चरणमा पु¥याउने प्रयास गर्ने छु ।’ सामान्य लगानी भन्दा पनि यसलाई सार्वजनिक निजी साझेदार (पिपिपी) मोडेलमा आयोजना निर्माण गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।

अरुण रजौरिया को हुन् ?

नर्वेबाट जलविद्युत्मा एमएस्सी (स्नातकोत्तर स्वर्णपदक) गरेका रजौरियाले जलविद्युत् विकासका क्षेत्रमा करिब ३ दशकदेखि सक्रियरूपमा काम गर्दै आएका छन् । १० वर्षदेखि एचआइडिसिएलको दोस्रो वरियतामा कार्यरत उनी नेपाल हाइड्रो पावर एसोसिएसन (एनएचए) का अध्यक्षसमेत हुन् ।

पेशागत हिसाबले उनीसँग झन्डै डेढ दशक निजी क्षेत्रका जलविद्युत् आयोजनामा काम गरेको अनुभव छ । निजी क्षेत्र तथा सरकारी संस्थाको कार्यानुभवसँगै पछिल्लो समय व्यवस्थापकीय जिम्मेवारीमा समेत उनले आफूलाई निपुण गराउँदै ल्याएका छन् ।


इन्जिनियरिङमा अति विशिष्ट प्रथम श्रेणीसहित स्वर्ण पदक प्राप्त (भारत सरकारको कोलम्बो प्लान छात्रवृति) उनले नर्वे सरकारको कोटामा छात्रवृति अन्तर्गत नर्वेजियन युनिभर्सिटीबाट जलविद्युत्मा स्नातकोत्तर (मास्टर इन टेक्नोलोजी– हाइड्रोपावर) मा पनि स्वर्णपदक प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३