विद्युत अपडेट

  • प्राधिकरण : ५८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६४२० मे.वा.घन्टा
  • निजी क्षेत्र : १९१३५ मे.वा.घन्टा
  • आयात : ८८३५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६८० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०२ मे.वा.
२०८२ माघ २५, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
ऊर्जा मन्त्रीको १०० दिन

काठमाडौँ । सरकार गठन भएर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकाे जिम्मेवारी दीपक खड्काले सम्हालेयता १०० दिनमा मन्त्रालय अन्तर्गतको विद्युत् विकास विभागले विद्युत्‌काे उत्पादन, सर्वेक्षण, प्रसारण र वितरण अनुमति पत्र जारी गर्ने कार्यमा उल्लेख्य प्रगति गरेको देखिएको छ ।

यस अवधिमा विभागले १२ वटा जलविद्युत् आयोजनाको आयोजनाको कूल ३५३.२ मेगावाट(मेवा) र २ वटा सौर्य ऊर्जा आयोजनाको १७.३ मेवा गरी १४ वटा आयोजनाको कुल ३७०.५ मेवा विद्युत् उत्पादनका लागि उत्पादन अनुमतिपत्र जारी गरेको विभागले जनाएकाे छ । 

यस अवधिमा विभागले जलविद्युत्तर्फ ७ वटा आयोजनाको कूल ६९.२ मेवा, सौर्य ऊर्जातर्फ २ वटा आयोजनाको कूल ४० मेवा र वायू ऊर्जातर्फ १ आयोजनाको कूल १० मेवा गरी कूल १० वटा आयोजनाको ११९.२ मेवा विद्युत उत्पादनका लागि सर्वेक्षण अनुमतिपत्र जारी गरेको विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिए । 

उनका अनुसार प्रसारण लाईनतर्फ ३३ केभी क्षमताको ५६.४५ सर्किट किमी, १३२ केभी क्षमताको २१०.९५ सर्किट किमि, २२० केभी क्षमताको १२५.१ सर्किट किमी, ४०० केभी क्षमताको २९.३७ सर्किट किमि गरी कूल २२ वटा विद्युत् प्रसारणको सर्वेक्षण अनुमतिपत्र जारी गरेको छ । 

त्यस्तै, प्रसारण लाईनतर्फ ३३ केभीको २३.५ सर्किट किमि, १३२ केभीको १९.८ सर्किट किमि, २२० केभीको १२.१ सर्किट किमि, ४०० केभीको ५ सर्किट किमि गरी कूल ७ वटा विद्युत् प्रसारण अनुमतिपत्र जारी गरेको छ । 

वितरण लाईनतर्फ ३३ केभीको ८३ सर्किट किमि हुने गरी ७ वटा विद्युत् वितरण अनुमतिपत्र जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३