विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पर्यटकीय जिल्लाकाेरूपमा चिनिएकाे हिमाली जिल्ला म्याग्दी जलविद्युत् आयोजनाकाे निर्माणले ‘हाइड्रो हब’ बन्दै गएको छ । म्याग्दी, कालीगण्डकी, रघुगंगा, घारखोलालगायतका आधा दर्जन बढी नदी तथा खोलामा पहिचान भएका ६ सय मेगावाट बढीका  जलविद्युत आयोजना याे जिल्लामा अघिकाले जलविद्युत उत्पादनकाे केन्द्र बन्दै गएकाे हाे ।

विद्युत विकास विभागका अनुसार हालसम्म ६ सय ३५ मेगावाटका १७ जलविद्युत आयोजनाकाे उत्पादन अनुमितपत्र जारी भई निर्माणकाे विभिन्न चरणमा पुगेका छन् । अनुमतिपत्र जारी भएका केही आयोजना अहिले जिल्लामा निर्माणाधीन छन् । केही आयोजना अब निर्माणमा जाने तयारीमा छन् ।

उत्पादन अनुमतिपत्र लिई निर्माणमा जान लागेकाे सबैभन्दा ठूलाे १४४ मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत आयोजना छ । यो आयोजना कालीगण्डकी हाइड्रो पावर कम्पनीले विभागबाट उत्पादन अनुमतिपत्र लिएर निर्माण प्रक्रिया अगाडि बढाएकाे छ ।

यस्तै, नेपाल विद्युत प्राधिकरणको सहायक रहुगंगा हाइड्रो पावर कम्पनीले निर्माण अनुमति पाएको ४० मेगावाटको राहुघाट आयोजना निर्माणाधीन छन् । एक पटककाे ठेक्का रद्द भई फेरि निर्माण सुरु गरिएकाे यो आयोजनाको करिब आधा काम सम्छपन्न भइसकेकाे छ ।

आयोजना सम्पन्न गर्न ९ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत बनखेत सबस्टेसनमार्फत २२० केभी कालीगण्डकी कोरिडोर प्रसारण लाइनमार्फत केन्द्रीय प्रणालीमा जोडिनेछ ।

यस्तै, हाइड्रो इम्पायरले २० मेगावाटको माथिल्लो म्याग्दी निर्माण गर्न अनुमति पाएको विभागले जनाएको छ । आयोजनाबाट २०८२ साल असार २ गतेदेखि विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजना निर्माणका लागि पहुँचमार्ग खन्न सुरु गरेको कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत विद्युतगृहदेखि १ किलोमिटर टाढाको नेपाल विद्युत प्राधिकरणको १३२ केभी डाँडाखेत सबस्टेसनमा जोडिनेछ ।

धौलागिरी कालीका हाइड्रो पावरले पनि २५ मेगावाटको दरवाङ म्याग्दी जलविद्युत आयोजना निर्माण गर्न अनुमति पाएको छ । यही जिल्लामा १४ मेगावाटको घार खोलाको निर्माण भइरहेको छ । यो आयोजना म्याग्दी हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको छ ।

यो आयोजनाको ७३ प्रतिशत बढी काम पूरा भएको आयोजना प्रमुख विनोद देवकोटाले बताए । उनका अनुसार आयोजनाको सम्पूर्ण काम पूरा गरेर २०७९ जेठदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ । यो आयोजनाबाट उत्पादन हुने विद्युत दाना सबस्टेसनमा जोडिनेछ ।

यस्तै, तुन्दी पावर कम्पनीले ८५ मेगावाटका २ आयोजना एकसाथ अघि बढाएको छ । कम्पनीले ३७ मेगावाटको राहुघाट मंगले र ४८.५ मेगावाटको माथिल्लो राहुघाट निर्माण गर्न अनुमति पाएको हो ।

निलगिरी खोला हाइड्रो पावर कम्पनीले पनि ३८ मेगावाटको निलगिरी खोला र ६२ मेगावाटको निलगिरी खोला निर्माण गर्न अनुमति पाएको विभागको वेपसाइटमा उल्लेख छ ।

६ मेगावाटको रेले खोला, ५३.५३ मेगावाटको मध्य कालीगण्डकी, ५३.५ मेगावाटको माथिल्लो म्याग्दी–१ निर्माण गर्न क्रमश, एचआईएम कन्सल्ट प्रालि, हाइड्रो सर्पोट प्रालि र अप्पर म्याग्दी हाइड्रो पावर कम्पनीले उत्पादन अनुमति पाएका छन् ।

२१.३ मेगावाटको ठुलो खोला निर्माण गर्न सुयुक्त ऊर्जा प्रालिले, १४.७ मेगावाटको मुडी खोला निर्माण गर्न एभरेष्ट इनर्जी एण्ड इन्फ्रास्ट्रकचर फण्डले, ५७.३ मेगावाटको म्याग्दी खोला निर्माण गर्न हाइड्रो भिलेज प्रालिले, ५.५ मेगावाटको बगर खोला निर्माण गर्न मोना हाइड्रोपावर प्रालि र ५ मेगावाटको रुप्से खोला निर्माण गर्न रिसर्ज एण्ड डेभलपमेन्ट प्रालिले उत्पादन अनुमति पाएको विभागले जनाएको छ ।

जिल्लामा निर्माण सम्पन्न भइसकेका ३ वटा जलविद्युत आयोजना सञ्चालनमा छन् । यी आयोजनाकाे जडित क्षमता करिब ५० मेगावाट छ । ४२ मेगावाट क्षमताको मिस्त्री खोला, ५ मेगावाटको घलेम्दी खोला र २ मेगावाटको तातोपानी साना जलविद्युत आयोजना सञ्चालनमा छन् ।

त्यस्तै, ८३.५ मेगावाट क्षमताका तीन वटा आयोजनाले निर्माण अनुमतिका लागि आवेदन दिएका छन् । जिल्लाभर १४०.१३ मेगावाट क्षमताका १४ वटा आयोजनाले अध्ययन अनुमति लिई अध्ययन अघि बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit