विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज ७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैँ । इन्टरनेशनल हाइड्रोपावर एसोसिएसन (आईएचए) ले  इन्डाेनेशियाकाे जाकर्तामा आफ्नो नयाँ क्षेत्रीय कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएकाे छ । यो कार्यालय इन्डोनेशिया हाइड्रोपावर एसोसिएसन (आईएनएएचए) र इन्डोनेशियाको राज्य-स्वामित्वको बिजुली कम्पनी पीएलएनको साझेदारीमा खोलिएको जनाइएकाे छ । 

त्यस्तै, दक्षिणपूर्वी एसियाका देशहरूकाे तथ्यांक समेटिएकाे समेटिएकाे द २०२४ वर्ल्ड हाइड्रोपावर आउटलुक सार्वजनिक गरेकाे छ । आउटलुक आईएचएद्वारा प्रकाशित वार्षिक प्रतिवेदन हो । यसले 'नेट-जीरो' लक्ष्यका सन्दर्भमा विश्वभरका जलविद्युत् विकासको प्रगतिलाई अनुगमन गर्ने  गर्छ । यसले उच्च दिगोपनकाे मापदण्डका साथ 'संख्यात्मक रूपमा धेरै, राम्रो, छिटो' जलविद्युत् परियोजनाहरूको विकासका लागि अनुमतिप्राप्त  प्रक्रियालाई सरल बनाउने कुरामा जोड दिएको छ ।

दक्षिणपूर्व एशियाका लागि सार्जजनिक भएकाे उक्त प्रतिवेदनले इन्डोनेशियाले जलविद्युत् क्षमतालाई ६.७ गिगावाटबाट २०७० सम्म ७२ गिगावाटसम्म बढाउने योजना बनाएको उल्लेख गरेकाे छ ।

त्यस्तै फिलिपिन्सले २०३० सम्म ३५ प्रतिशत नवीकरणीय ऊर्जा उत्पादन र प्रयाेगकाे लक्ष्य राखेको र प्रमुख जलविद्युत् परियोजनाहरू विकासको क्रममा रहेकाे उल्लेख छ । 

थाइल्यान्डले २०३७ सम्म ३० प्रतिशत नवीकरणीय मिश्रणको लक्ष्य राखेको र ३ गिगावाट जलविद्युत् तथा हाइड्रो-फ्लोटिङ सोलार हाइब्रिड परियोजना समावेश गर्ने लागेकाे जानकारी समेटेकाे छ ।

मलेसियाले ५० मेगावाट क्षमताको फ्लोटिङ सोलार युनिट एक जलाशयमा विकास गरिरहेको तथा भियतनामले जलविद्युत् क्षमतालाई २०३० सम्म २९.३५ गिगावाट पुर्‍याउने अनुमानित लक्ष्य रहेकाे उल्लेख गरेकाे छ ।

जकार्तामा खोलिएको आईएचएको नयाँ कार्यालय दक्षिणपूर्व एशियाका लागि सहकार्यको केन्द्रका रूपमा काम गर्नेछ । यसले ज्ञान आदानप्रदानमा सहयोग गर्ने तथा जलविद्युत् विकासलाई गति दिन प्रयास गर्ने बताइएकाे छ । कार्यालयको टोलीले २०३० सम्म नवीकरणीय ऊर्जा तीन गुणा बनाउने काेप–२८ को लक्ष्यलाई सहयाेग पुर्‍याउन छलफल शुरू गरिसकेको छ ।

कार्यालय उद्घाटन समारोहमा, आईएचएका अध्यक्ष र पूर्व अष्ट्रेलियाली प्रधानमन्त्री म्यालकम टर्नबुलले इन्डोनेशियाको नवीकरणीय ऊर्जामा नेतृत्वको प्रशंसा गरे । 

'इन्डोनेशियाले २०७० सम्मको लागि महत्त्वाकांक्षी जलविद्युत् लक्ष्य राखेको छ र यस क्षेत्रको नवीकरणीय ऊर्जामा नेतृत्वदायी देश बनेको छ,' उनले भने, 'आईएचएको दक्षिणपूर्व एशियाली कार्यालयको उद्घाटनले यस महत्त्वपूर्ण कार्यलाई थप सहयाेग गर्दछ, जसले हामीलाई हाम्रो लक्ष्यमा पुग्न निरन्तरता दिनुपर्नेछ ।'

आईएनएएचएका अध्यक्ष अदि लुमाक्सोले आईएनएएचएले आईएचएसँग मिलेर दक्षिणपूर्व एशियामा दिगो जलविद्युत् विरासतलाई निरन्तरता दिन उत्साहित रहेकाे बताए । 'इन्डोनेशियाले जलविद्युत् विकासका लागि प्रमुख लक्ष्यहरू तय गरेको छ र हामी तिनलाई हासिल गर्न हाम्रो भूमिका खेल्न तयार छौँ,' उनले भने ।

पीएलएनका अध्यक्ष निर्देशक दर्मावान प्रसोड्जोले यस साझेदारीप्रति खुसी व्यक्त गरे । 'पीएलएन, इन्डोनेशिया सरकार र आईएचएबीचको यो सहकार्यले हामीलाई जलवायु परिवर्तनको सामना एक्लै गरिरहेका छैनौँ भन्ने भराेषा दिएको छ,' उनले भने, 'अगाडि बढ्ने एकमात्र उपाय सहकार्य नै हो ।'

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३