विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

ललितपुर । बिहीबारदेखि परेको अविरल वर्षाले ललितपुरको दक्षिणी भेगका तीन स्थानीय तह सडक, विद्युत् र सञ्चार सम्पर्कविहीन भएका छन् ।  विपत्तिका कारण महाङ्काल, बागमती, कोञ्ज्योसोमका स्थानीयले धनजनको क्षति व्यहोर्नु परेको भन्दै राहत तथा उद्धारका लागि सञ्चार समन्वयसमेत हुन नसकेको महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले बताए ।

‘लेले चन्दनपुर सडक, मध्यमार्गी लोकमार्ग बन्द छ, विद्युतका पोल ढलेका छन् । उद्धार गरिएकालाई थप उपचारका लागि ल्याउन सकिएको छैन’, उनले भने ।

बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले कान्ति लोकपथ अवरुद्ध हुँदा सवारीसाधन प्रयोग गरेर राहत तथा उद्धार गर्न नसकिएको बताए ।

‘माल्टामा २ र आश्राङमा २ वटा घर बगाएको छ, गिम्दीमा झोलुंगे पुल बगाएको छ, कतिपय स्थानमा खानेपानीको पाइप नष्ट भएका छन्, भट्टेडाँडामा एउटा गोठ पुरिएर ५ वटा दुहुना भैँसी पुरिएको जानकारी आएको छ’, उनले भने ।

कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले ठोट्ने खोलामा सबैभन्दा बढी क्षति भएको बताउँदै बाढीका कारण १५ भन्दा बढी घर पूर्ण रुपमा क्षति भएका जानकारी दिए ।

बागमती गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामीले सञ्चारसम्पर्क, विद्युत् र सडक सञ्जाल यथाशीघ्र सञ्चालनमा ल्याउन सहजीकरण गरिदिन जिल्ला विपद् समितिसँग आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३