विद्युत अपडेट

  • प्राधिकरण : ९५९५ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०२९० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५००० मे.वा.घन्टा
  • आयात : ५९८२ मे.वा.घन्टा
  • निर्यात : १८९४ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५२८४२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २५७४ मे.वा.
२०८२ जेठ २९, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

ट्रेन्डिङ

काठमाडौँ । ठेकेदार कम्पनीको लापरवाहीले सर्लाहीको लालबन्दी वितरण केन्द्रअन्तर्गतका १५ हजार घरधुरीमा विद्युत् सेवा अवरुद्ध हुन पुगेको छ । 

सर्लाहीमा निर्माणाधीन नवलपुर–सलेमपुर १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नवलपुर ग्रिड सबस्टेसनभित्र पर्ने एउटा टावर निर्माणका लागि जग खन्ने क्रममा असावधानीका कारण स्काभेटरले ११ केभीको वितरण फिडरको भूमिगत भागमा क्षति पुर्‍याएको हो । स्काभेटरले वितरण लाइनको कन्डक्टर चुँडाएपछि सो फिडरबाट विद्युत् सेवा लिइरहेका ग्राहकको विद्युत् सेवा बुधबार बिहान करिब ११ बजेदेखि अवरुद्ध भएको वितरण केन्द्रले जनाएको छ । 

विद्युत् आपूर्ति बन्द हुँदा सो क्षेत्रमा पर्ने लालबन्दी, रानीगञ्ज, नवलपुर, फूलजोर, जियाजोर, घारिबथान, परवानीपुरलगायत क्षेत्र प्रभावित भएको छ । 

चुँडिएका कन्डक्टर जोड्न आवश्यक ‘जोइन्ट किट’ काठमाडौँबाट लैजानुपर्ने भएकोले लाइन जोड्न समय लाग्ने आयोजनामा प्राधिकरणकाे तर्फबाट इन्जिनियर नवीन देवले जानकारी दिए । 

‘काठमाडौँबाट प्लेनमार्फत सिमरा विमानस्थल हुँदै लालबन्दी पुर्‍याउने कुरा भइरहेको छ,’ उनले भने, ‘केही समय असुविधा भए पनि आयोजनाकै तर्फबाट लाइन जोडेर सुचारु गरिदिने तयारी भइरहेको छ ।’

उक्त १३२ केभी लाइन निर्माणको काम सिग्मा कोन प्रालिसहितको जेभी कम्पनीले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३