विद्युत अपडेट

  • प्राधिकरण : ८५७८ मे.वा.घन्टा
  • सहायक कम्पनी : १४१७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४४८४ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २२९५३ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६७३२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९६७ मे.वा.
२०८३ असोज २६, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । ५० मेगावाटको मेवा खोला जलविद्युत आयोजनामा ७ बैंकले ऋण लगानी गर्ने भएका छन् । प्रदेश नम्बर १ को ताप्लेजुङमा निर्माणाधीन आयोजनामा सिटिजन्स बैंकको अगुवाईमा कुमारी, मेगा बैंक नेपाल, नेपाल इन्फ्रास्ट्रचर, सिद्धार्थ, नेपाल एसबिआइ र सिभिल बैैंकले ७ अर्ब (६ अर्ब ७५ करोड अद्यावधिक कर्जा र २५ करोड चालु पँजी कर्जा) रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् ।

आयोजनाको प्रवद्र्धक युनाइटेड मेवा खोला हाइड्रोपावर र ऋण लगानी गर्ने बैंकहरूबीच बिहीबार वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको छ । आयोजनामा बैंकहरूले गर्न लागेको लगानी कूल लागतको ७५ प्रतिशत रहेको कम्पनीले जनाएको छ ।

सिटिजन्सले १ अर्ब ४५ करोड, कुमारीले १ अर्ब, मेगा बैंक नेपालले १ अर्ब, नेपाल इन्फ्रास्ट्रचरले १ अर्ब, नेपाल एसबिआइले ८० करोड, सिद्धार्थले १ अर्ब र सिभिल बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता भएको छ । बाँकी २५ प्रतिशत (२ अर्ब रुपैयाँ) स्वपुँजी लगानी रहनेछ ।

आयोजना सम्पन्न गर्न ९ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाका निर्माण गर्न नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, उद्योग विभाग, वन तथा वातावरण मन्त्रालयबाट गर्नुपर्ने सबै कानुनी प्रक्रिया पूरा भइसकेको छ । अहिले आयोजना स्थलसम्म पुग्ने पहुँच सडक निर्माण भइसकेको छ ।

निर्माण सुरु गरेको ३ वर्षमा आयोजना सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजनाबाट हिउँदमा ९७.४२४ गिगावाट घन्टा र बर्खामा २०५.५८७ गिगावाट गरी बार्षिक ३०३.०११ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत प्राधिकरणको कोसी कोरिडोरको ढुङगेसाँघु सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३