विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । इन्जिनियर कृष्णबहादुर कुमाल जलविद्युत् दिगोपन मानक (हाइड्रो पावर सस्टेनेबिलिटी स्ट्यान्डर्ड–एचएसएस) का लागि नेपालकै पहिलो मान्यता मूल्यांकनकर्ताको रूपमा नियुक्त भएका छन् । यो नियुक्ति देशको जलविद्युत् उद्योगका लागि महत्त्वपूर्ण कोशेढुंगा भएको छ ।

जलविद्युत् विकासमा एक दशकभन्दा लामो अनुभव हासिल गरेका कुमालले एचएसएसमा विशेष तालिम र क्षेत्रीयस्तरको मूल्यांकन गरी आफूलाई यस क्षेत्रको विज्ञको रूपमा स्थापित गराएका छन् । हाल नेपाल हाइड्रो पावर एसोसिएसन (एएचए) को कार्यकारी सदस्य र बिजबेलको प्राविधिक संयोजक रहेका उनको नियुक्तिले नेपालको दिगो जलविद्युत् विकासमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ ।

हाइड्रो पावर सस्टेनेबिलिटी अलायन्सका उपकार्यकारी निर्देशक एलियन किलाजियनले कुमालको नियुक्तिमा खुसी व्यक्त गर्दै भने, ‘उनी नेपालमा पहिलो जलविद्युत् दिगोपन मूल्यांकनकर्तामा नियुक्त भएकोमा हामीलाई गर्व लागेको छ ।’ नेपालले जलविद्युत् विकासका महत्त्वांक्षी योजना अगाडि सारिरहँदा यसको दिगोपनमा पनि उतिकै ध्यान पुर्‍याउनुपर्ने उनको भनाइ थियो ।

कुमालजस्ता स्थानीय मूल्यांकनकर्ता नियुक्त हुनुले जलविद्युत्का स्रोतहरू जिम्मेवारपूर्ण ढंगले उपयोग हुनुका साथै सामाजिक र वातावरणीय सुशासनयुक्त अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको दिगो विकासमा मद्दत पुग्ने अपेक्षा गरिएको पनि किलाजियनले बताए । आफ्नो भूमिकालाई जिम्मेवारपूर्ण ढंगले पूरा गर्दै कुमालले जलविद्युत् आयोजनाहरूको स्वतन्त्र मूल्यांकन र तिनको दायरा प्रमाणित गरी प्रमाणहरू संकलन गर्न तथा सामाजिक र वातावरणीय सुशासन कायम गर्ने पक्षमा विशेष भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

नेपालमा दिगो जलविद्युत् विकासका पक्षमा आफू प्रतिबद्ध भएर लाग्ने बचनबद्धता व्यक्त गर्दै कुमालले भने, ‘नेपालमा दिगो जलविद्युत् विकासको मार्गचित्र फराकिलो बनाउन मेरो मेरो जिम्मेवारीले विशेष भूमिका खेल्न सक्नेमा विश्वस्त छु ।’ विकास वित्तको क्षेत्रमा काम गरिरहेका संस्थाहरूले मापदण्डमा आधारित आयोजनाहरूको मूल्यांकन गर्ने र त्यसमा आफूले एक जिम्मेवार मूल्यांकनकर्ताको भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

त्यसले, वातावरणीय र सामाजिक दिगोपनलाई प्राथमिकता दिँदै नेपालको जलविद्युत् विकासमा लगानीका अवसर बढाउने लक्ष्य राखिएको पनि कुमालले प्रस्ट पारे ।

कुमालको नियुक्तिले नेपालको जलविद्युत् क्षेत्रलाई विश्वका उत्कृष्ट अभ्यासहरूसँग तादम्यता मिलाएर दिगो रूपमा विकास गर्न विशेष भूमिका खेल्ने अपेक्षा गरिएको छ । साथै, यस उद्योगलाई अन्तर्राष्ट्रिस्तरमा परिचित गराई वैदेशिक लगानी आकर्षित गर्ने बलियो आधार बन्ने पनि विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit