विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ‘ऊर्जा इम्प्याक्ट फण्ड’ सिर्जना गर्न ऊर्जा डेभलपर्स र ग्लोबल इक्विटी फण्डबीच सम्झौता भएको छ । जलविद्युत तथा सौर्य र अफग्रिड आयोजनामा लगानी गर्नका लागि ‘ऊर्जा इम्प्याक्ट फण्ड’ सिर्जना गर्न शुक्रबार (साउन १९ गते) सम्झौता भएको हो ।

सम्झौतापत्रमा ऊर्जा डेभलपर्सको तर्फबाट प्रबन्ध निर्देशक भानु पोखरेल र ग्लोबल इक्विटीका तर्फबाट प्रबन्ध निर्देशक डा.मनिष थापाले हस्ताक्षर गरे । ‘ऊर्जा इम्प्याक्ट फण्ड’ नेपालमा हरित ऊर्जा र नवीकरणीय ऊर्जा परियोजनामा लगानी गर्ने उद्देश्यका साथ स्थापना गर्न लागिएको हो ।

हरित ऊर्जामा केन्द्रित कोषले मुख्यतया जलविद्युत परियोजना, सौर्य परियोजना, र अफ ग्रिड सौर्य परियोजना (रुफटप सोलार प्लान्ट)मा लगानी गर्नेछ । ग्लोबल इक्विटी फन्ड नेपालको पहिलो सेबोनबाट इजाजतपत्र प्राप्त प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फन्ड कम्पनी हो । नवीकरणीय ऊर्जा विकास नेपालका लागि स्वच्छ ऊर्जामा रूपान्तरण र महत्वपूर्ण जलवायु लक्ष्य पूरा गर्न आर्थिक र सामाजिक विकासलाई सशक्त बनाउनुपर्ने थापाले बताए ।

ऊर्जा डेभलपर्सले सन् २०३० सम्ममा १ गिगावाट कार्बन न्यूट्रल ऊर्जाको उत्पादन गर्ने योजना राखेको छ । साथै, ६.२ मेगावाटको तल्लो जोगमाई र ९.५ मेगावाटको माईबेनी सञ्चालन गरिरहेको छ । अहिले २०० मेगावाट भन्दा बढी क्षमताका ४ वटा आयोजनाहरू निर्माणको विभिन्न चरणमा छन् । अब १०० मेगावाटभन्दा ठूला आयोजना निर्माणको योजना बनाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit