विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज ३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
महिला सशक्तीकरणतर्फ पावरग्रिड इन्डियाको कदम

काठमाडौँ । पावर ग्रिड कर्पोरेशन अफ इन्डिया लिमिटेडले आफ्नो दक्षिण क्षेत्र–२ अन्तर्गत कर्नाटक राज्यकाे बै‌ङ्लाेरमा अवस्थित यलाहंका सबस्टेशनलाई ‘पिंक सबस्टेशन’ घोषणा गरेको छ । ४००/२२० केभी क्षमताको उक्त ग्यास इन्सुलेटेड प्रविधिमा आधारित सबस्टेशन (जीआईएस) लाई महिला सशक्तीकरणप्रतिको आफ्नो प्रतिबद्धता प्रस्तुत गर्दै पावर ग्रिडले ‘पिंक सबस्टेसन’ घोषणा गरी सञ्चालनमा ल्याएको हो । बुधबार एक समारोहका बीच सबस्टेशनको उद्घाटन पावर ग्रिड दक्षिण क्षेत्र–२ का कार्यकारी निर्देशक तरुण बजाजले गरेका छन् । 

पावरग्रिडका अनुसार उसका पिंक सबस्टेसनहरू महिला कर्मचारीहरूले सञ्चालन गर्ने र नेतृत्व गर्ने गरेका छन् । यो सबस्टेसनको नेतृत्व  पावर ग्रिडकी महाप्रबन्धक टी.जे. जयश्रीले गरिरहेकी छन् । 

यसले महिला सशक्तीकरणतर्फ पावरग्रिडको प्रतिबद्धतालाई दर्साउने पनि कम्पनीको धारणा छ । पावरग्रिड कम्पनी महिलाका लागि काम गर्न उत्कृष्ट स्थानमध्ये एउटा स्थानको रुपमा मूल्याङ्कन भइरहेको पनि कम्पनीको दाबी छ । 

पावरग्रिड भारत सरकारमातहतको प्रमुख विद्युत प्रसारण सञ्जाल सञ्चालन गर्ने सार्वजनिक कम्पनी हो । यसले देशभर उच्च भोल्टेजकाे विद्युत् प्रसारण गर्दै आएको छ। भारतका विभिन्न विद्युत् उत्पादन केन्द्रबाट उत्पादन हुने बिजुली यसले प्रसारण गर्दछ । 

हरियाणा राज्यको गुरुग्राममा मुख्यालय रहेको यो कम्पनी सन् १९८९ मा भएको स्थापना भएको हो । यसले विभिन्न ५ वटा क्षेत्रीय प्रसारण ग्रिडमार्फत विद्युत्‌को गुणस्तरीय प्रसारण गर्दै आएको छ । 

नवीकरणीय ऊर्जाको प्रवद्र्धन, विद्युतीकरण परियोजनाहरूको विकासमा समेत काम गर्दै आएको छ ।


 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३