काठमाडौँ । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालद्वारा प्रवर्द्धित ४०० केभी लाइनको न्यु दमौलीदेखि न्यु बुटवल खण्ड अन्तर्गत पाल्पाको रामपुर नगरपालिका र निस्दी गाउँपालिकामा पर्ने जग्गाको मुआब्जा लिनका लागि सम्बन्धित जग्गाधनीबाट आवेदन आह्वान गरिएको छ । जिल्ला प्रसारण कार्यालय पाल्पाले बिहीबार एक सूचनामार्फत मुआब्जाका लागि आवेदन आह्वान गरेको हो ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा २०८२ मंसिर २ गते बसेको मुआब्जा निर्धारण समितिको बैठकले प्रसारण लइनको उक्त खण्ड निर्माणका लागि अधिग्रहण गरिने जग्गाको मुआब्जा निर्धारण गरेको जनाइएको छ ।
मुआब्जा पाउन योग्य जग्गाधनीले आफूले भोगचलन गरेको जग्गाको हकदाबी सम्बन्धी प्रमाणसहित सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र एमसिए–नेपालको रामपुर पाल्पास्थित सम्पर्क कार्यालयमा आवेदन दिनुपर्ने उल्लेख गरिएको छ ।
मुआब्जाका लागि सम्बन्धित जग्गाधनीले सक्कल जग्गाधनी दर्ता प्रमाण पूर्जा, चालु आर्थिक वर्षको तिरो तिरेको रसिदको प्रतिलिपि, जग्गाधनीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र आफ्नो नाममा जग्गा नभएको हकवाला व्यक्तिले जग्गाधनीको मृत्यु दर्ता प्रमाणपत्र, नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि तथा वडा कार्यालयको किटानी सिफारिसपत्र जस्ता कागजात पेस गर्नुपर्ने जनाइएको छ ।
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को ५५ करोड डलर अनुदान सहयोग र नेपाल सरकारको १९ करोड ७० लाख डलरको लगानीमा ३१५ किलोमिटर ४०० केभी प्रसारण लाइन ४०० केभीका ३ ओटा सबस्टेसनसहित सडक स्तरोन्नति आयोजना सञ्चालन भइरहेको छ । यो