विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ११, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

कैलाली । मोहना र खुटिया नदीमा तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको छ । एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा नदी कटान तथा रोकथाम नियन्त्रण गर्न ५२ करोड रूपैयाँ लागतमा निर्माणाधीन तटबन्ध अन्तिम चरणमा पुगेको हो ।

‘जनताको तटबन्ध’ कार्यालय कञ्चनपुरका सिनियर डिभिजनल इञ्जिनियर श्रीप्रसाद शाहका अनुसार ती २ नदीमा १२ चरणमा निर्माणाधीन १२ किलोमिटर तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको हो । निर्माण कम्पनीले ती २ नदीमा फरकफरक चरणमा तटबन्ध निर्माण गरिरहेकोमा सबै चरणको काम सकिन लागेको उनले जानकारी दिए ।

इञ्जिनियर शाहले ठेकेदार कम्पनीसँग गत आर्थिक वर्षभित्रै तटबन्धको काम सम्पन्न गर्नेगरी सम्झौता भएकामा वर्षाका समयमा निर्माण सामग्री ढुवानीमा समस्या भएपछि केही ढिलाइ भएको बताए ।

तटबन्ध कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदीमा ७०० मिटर, सोही नदीको कञ्चनपुरस्थित कृष्णपुर नगरपालिका–९ मा १ हजार ३५० मिटर, मोहना नदीमा पिआरटिडब्लु–१२ ‘बी’ प्याकेजअन्तर्गत तथा कञ्चनपुरको जोरायल टोलतर्फ ५२० मिटर तटबन्ध निर्माण सम्पन्न भएको छ ।

धनगढी–१३ स्थित श्रीलंकामा ४३० मिटर, कृष्णपुर नगरपालिका–१, मोहना नदीमा ६०० मिटर बाँध र ७०० मिटर तटबन्ध निर्माण सम्पन्न भएको कार्यालयका इञ्जिनियर शाहले जानकारी दिए ।

गोदावरी नगरपालिकाको अर्जुन टोलमा खुटिया नदीमा १ हजार ६०० मिटर, वडा नम्बर ७ मा ३०० मिटर र गौरीगंगा नगरपालिकाको उत्तर खैरेनीतर्फ ८०० मिटर तटबन्ध निर्माण सकिन लागेको कार्यालय प्रमुखसमेत रहेका सिनियर डिभिजनल इञ्जिनियर शाहले बताए ।

उनले गोदावरी नगरपालिकाको धनचौरीमा १ हजार मिटर र धनगढी–१५ तरबरियामा ४०० मिटर तटबन्ध निर्माण केही दिना सम्पन्न हुने जानकारी दिए ।

वर्षायाममा मोहना र खुटिया नदीले बर्सेनि सयौँ हेक्टर जमिन कटान गर्दै आएकामा जनताको तटबन्ध कार्यक्रमले नदी कटान तथा रोकथाम नियन्त्रणमा सहयोग पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३