विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अपि पावर कम्पनीले चैत २५ गतेदेखि १ करोड ८६ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो सेयरधनी सदस्य र संस्थापक सदस्यका लागि सेयर निष्कासन गर्न लागेको हो ।

सय रुपैयाँमा अंकित १ अर्ब ८६ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीका अनसार चुक्ता पुँजीको १ः०.३९३६ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागिएको छ ।

आवेदकले बैशाख १५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रवन्धक तोकिएको छ ।

कम्पनीले निर्माण गरेको साढे १६ मेगावाटको नौगाड र माथिल्लो नौगाड जलविद्युत आयोजना सञ्चालनमा छन् । ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयाजना निर्माणाधीन छ ।

४ मेगावाटको चन्द्रनिहापुर र १ मेगावाटको सौर्य विद्युत आयोजना निर्माण सम्पन्न भई प्रणालीमा जोडिएको छ । १ मेगावाटको सौर्य आयाजनाको काम अन्तिम चरणमा पुगेको छ । कम्पनीले ८ मेगावाटको अर्को सौर्य विद्युत आयोजना निर्माण गर्न बैंक अफ काठमाडौंसँग वित्तीय व्यवस्थापन सम्झौता गरिसकेको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३