विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अपि पावर कम्पनीले हकप्रद सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको लागि अपुग रकम जोहो गर्न दोस्रो पटक हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

चुक्ता पुँजीको १ः०.२९३८ अनुपातको हकप्रद सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एक सय रुपैयाँमा अंकित ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिइएको छ ।

 कम्पनीले फागुन ९ गते (आइतवार) बोर्डमा आवेदन दिएको हो । सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरिएको छ । बोर्डबाट अनुमति पाएलगतै सेयर निष्कासन गरी बाँडफाँड गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले पहिलो पटक ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गरेको थियो । सेयर गत कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म निष्कासन गरेको थियो ।

कम्पनीले सुदुरपश्चिम प्रदेशको दार्चुलामा नौगड गाड नदीमा ८.५ मेगावाटको नौगड गाड र ८ मेगावाटको अपर नौगड गाड आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । यी आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको बलाँच सबस्टेसनमा जडान गरी अत्तरीया–बलाँच १३२ केभी प्रसारण लाइनमार्फत प्रवाह भइरहेको छ ।

यसैगरी, रौतहटमा ४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना निर्माण गरिरहेको छ । ३३ करोड रुपैयाँ लागत अनुमान गरिएको यस सौर्य आयोजनाबाट उत्पादीत विद्युत प्राधिकरणको चन्द्रनिगाहपुर सबस्टेसनको ३३ केभी बसबारमा जडान गरी राष्ट्रिय ग्रिडमा पुर्याइनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit