images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सर्वसाधारणलाई कुथले बुखरी स्मल हाइड्रो पावर लिमिटेडको सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले सर्वसाधरणका लागि छुट्याएको १ लाख कित्ता सेयरको आवेदन खुल्ला गरेको हो । 

जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५ सय रकमको १० प्रतिशत अर्थात सय रूपैयाँ अंकित १ लाख २१ हजार ८ सय ६७ कित्ता सेयरमध्येको  १० प्रतिशत अर्थात १२ हजार १ सय ८६ कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ५ प्रतिशत हुन आउने अर्थात ६ हजार ९३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि, २ प्रतिशत हुन आउने अर्थात  २ हजार ४ सय ३७ कित्ता सेयर कर्मचारीका लागि र बाँकी रहेको १ लाख १ हजार १ सय ५१ कित्ता सेयर सर्वसाधरणका लागि निष्कासन गरेको हो । 

सर्वसाधरणले न्यूनतम १० कित्तादेखि अधिकत्तम १ लाख कित्ता सम्म आवेदन दिन पाउनेछन् । सर्वसाधरणले छिटोमा असार २९ गतेसम्म र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन पाउनेछन् । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबि क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको दोलखा जिल्लाको भिमेश्वर गाउँपालिकामा ९९८ किलोवाट क्षमताको सुस्पा बुखरी साना जलविद्युत आयोजना सञ्चालनमा छन् ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit