विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । म्याग्दीमा निर्माण सम्पन्न भएको ४२ मेगावाटको मिस्ट्री खोला जलविद्युत आयोजनाको विद्युत आगामी चैत १५ गतेदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । सबै चरणको परीक्षण पूरा गरेर आयोजनाबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने तयारी भइरहेको हो ।

आयोजनाले उत्पादन गर्ने विद्युत कालीगण्डकी कोरिडोर २२० केभी प्रसारण लाइनको दाना सबस्टेसनमा जोडिनेछ । दाना सबस्टेसनसम्म आवश्यक प्रसारण लाइन आयोजनाले निर्माण गरिसकेको छ ।

तल्कालै विद्युत उत्पादन सुरु गर्न सकिने भए पनि भविश्यमा कुनै प्रकारको समस्या नदेखियोस भन्ने उद्देश्यले राम्रोसँग विभिन्न चरणको परीक्षण गर्ने कार्य भइरहेको आयोजना प्रमुख दीपककुमार शाहले बताए । उनका अनुसार भर्खरै आयोजनाको संरचनामा पानी भरेर परीक्षण गरिएको छ ।

‘सुरुङमा पानी भरेर अवस्था ठिक भए/नभएको परीक्षण गर्यों,’ उनले ऊर्जा खबरसँग भने, ‘परीक्षण गर्दा कुनै समस्या देखिएन । सुरुङ खाली गरेर हेर्दा पनि समस्या नदेखिएकाले परीक्षण सफल भएको छ ।’ उनले अब आयोजनाको हाइड्रो तथा इलेक्ट्रोमेकानिकल उपकरणको परीक्षण सुरु गर्न लागेको बताए ।

उपकरणहरूको परीक्षण पूरा भएपछि चैत ८ गतेदेखि आन्तरिक परीक्षण उत्पादन गरेर हेरिने पनि उनले बताए । केही दिनसम्म लगातार हुने आन्तरिक परीक्षण सफल भएपछि नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले आयोजनाको विद्युत प्रणालीमा जोड्ने शाहले बताए ।

१५ दिनसम्म परीक्षण गरेर विद्युत प्राधिकरणलाई निशुल्क विद्युत दिएपछि बैशाख १ गतेबाट व्यावसायिक उत्पादन सुरु गर्ने योजना छ । यसअघि फागुन १६ गतेदेखि आयोजनाबाट परीक्षण उत्पादन सुरु गर्ने तालिका बनेको भए पनि परीक्षणको प्रक्रिया पूरा भइनसकेकाले केही पछि सारिएको प्रवद्र्धक माउन्टेन इनर्जी कम्पनीले जनाएको छ ।

कम्पनीले प्रतिमेगावाट १३ करोड ४३ लाख रुपैयाँ लागतमा यो आयोजना सम्पन्न गरेको छ । यो नै स्वदेशी लगानीमा निजी क्षेत्रले सम्पन्न गरेको अहिलेसम्मको ठूलो जलविद्युत आयोजना हो । आयोजनामा नबिल बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल, लक्ष्मी, सिद्धार्थ र एस डेभलपमेन्ट बैंकले ऋण लगानी गरेका छन् । आयोजनामा भाटभटेनी समूह, आइएमई समूह, किया मोटर्स, सिटी मनी एक्सप्रेसलगायत व्यापारिक घरानाले स्वपुँजी लगानी गरेका छन् ।

२०७३ जेठ ३१ गतेदेखि निर्माण सुरु भएको आयोजना यसअघि नै प्रणालीमा जोडिइसक्नु पर्ने भए पनि प्रसारण लाइन निर्माणमा भएको ढिलाई, प्राकृतिक प्रकोप, कोरोना महामारीलगायत कारणले प्रभावित हुन पुगेको थियो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गरेर बाँडफाँड गरि दोस्रो बजारमा कारोबार सुरु गरिसकेको छ । मिस्ट्री खोला लागतका हिसाबले आकर्षक आयोजना भएकाले दोस्रो बजारमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

कम्पनीले यसअघि नुवाकोटमा ५ मेगावाटको तादी खोला सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ । मिस्ट्री खोलाबाट विद्युत उत्पादन भई निस्कने पानीको उपयोग हुने गरी मिस्ट्री खोला–२ (क्यासकेड) आयोजना पनि निर्माण गर्दैछ ।  

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit