विद्युत अपडेट

  • प्राधिकरण : ८८८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १४२०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४१५८८ मे.वा.घन्टा
  • आयात : १८५ मे.वा.घन्टा
  • निर्यात : १४७८१ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६४८६० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २७८७ मे.वा.
२०८२ साउन १२, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
त्रिशूली नदी करिडोरमा बाढीकाे विपत्

काठमाडौँ । ल्हेन्दे नदीबाट भोटेकोसी हुँदै त्रिशूली नदीमा मंगलबार (असार २४ गते) बिहान आएको बाढीबाट त्रिशूली नदी करिडोरमा सञ्चालनमा रहेका ७ जलविद्युत् केन्द्रमा क्षति पुगेको छ । यसबाट करिब २५० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बिच्छेद भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले बुधबार जारी गरेको विज्ञप्ति अनुसार बाढीबाट १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको बाँध संरचनामा पूर्ण रूपमा क्षति पुगेको छ । त्यस्तै, २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाको पानी निकास नहर (टेलरेस) मा बाढी पसेर क्षति हुनुका साथै उत्पादन ठप्प भएको छ । 

६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ को बाँधका दुई वटा गेटमा क्षति पुगेको छ भने लेदो माटो, ढुङ्गा, मुढा र फोहरले बाँध पुरिएकोले उत्पादन ठप्प बनेको छ । बाढीबाट तल्लो तटमा रहेका २५ मेगावाटका त्रिशुली र १४ मेगावाटको देवीघाट जलविद्युत् केन्द्रको उत्पादन समेत ठप्प भएको छ । त्यस्तै निजी क्षेत्रबाट सञ्चालित अपर मैलुङ र तादी जस्ता जलविद्युत् केन्द्रको समेत उत्पादन ठप्प भएको छ ।

त्रिशूलीमा तीव्र बहाबको बाढीले नदीको धार परिवर्तन गरी त्रिशूली–३ ‘बी’ हब सबस्टेसनभित्र छिरेर १३२ केभीको बे लगायतका संरचनामा क्षति पुर्‍याएको छ ।

बढीबाट जलविद्युत् केन्द्र तथा आयोजनाहरूमा पुगेको क्षतिबारे प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, निमित्त उपकार्यकारी निर्देशक राजन ढकालसहितको प्राविधिक टोलीले बुधबार स्थलगत निरीक्षण गरेको प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३