विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको गत आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण कमजोर देखिएको छ । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी घटेसँगै खुद नाफा पनि घटेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आवमा ८ करोड २७ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्ष २०७६/७७ को तुलनामा २ करोड ६३ लाख ६९ हजार रुपैयाँ कम हो । कम्पनीले अघिल्लो वर्ष १० करोड ९० लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीले दोलखामा सञ्चालित १० मेगावाटको सिप्रिङ खोलाको विद्युत बिक्री गरी २० करोड १५ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष यही समयअवधिमा २३ करोड ६२ लाख २९ हजार रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, कम्पनीले अन्य स्रोतबाट १ लाख ४८ हजार रुपैयाँ आम्दानी गरेको छ ।

हिउँदयाममा खोलाको जलस्तरमा कमी आएको कारण विद्युत बिक्रीबाट हुने आम्दानी घटेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपाल विद्युत प्राधिकरणबाट सुचिकृत दर (पोष्टेड रेट) को अवधि समाप्त भई पुरानै विद्युत बिक्री दर कायम भएकोले आम्दानीमा कमी आएको हो ।

यस्तै, कम्पनीले सोलुखुम्बु जिल्लामा निर्माण हुने २२ मेगावाटको होङगु खोलामा ४० प्रतिशत स्वपुँजी लगानी गर्ने भएको छ ।आयोजनाको प्राधिकरणसँग विद्युत खरिद सम्झौता सम्पन्न भई सानिमा बैंकको अगुवाईमा वित्तिय व्यवस्थापन सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit