विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण चितवनस्थित रत्ननगर टाँडी वितरण केन्द्रले नयाँ विद्युत मिटर माग्ने ग्राहककाे आवेदन फारम बन्द गरेको छ । केन्द्रले मिटर अभावकाे कारण देखाउँदै नयाँ मिटर जडान गर्न माग गर्ने ग्राहककाे आवेदन लिन बन्द गरेकाे हाे ।

अहिले सिंगल फेज विद्युत मिटर अभावका कारण नयाँ ग्राहकको आवेदन फारम बन्द गरिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अर्को व्यवस्था नहुँदासम्मका लागि नयाँ मिटरकाे आवेदन फारम बन्द गरिएको हो ।

मिटर अभावकाे समस्या चितवनमा मात्र नभइ देशभरका वितरण केन्द्रहरूमा देखिएकाे छ । ग्राहकले नयाँ मिटर लिन महिनाैंअघि आवेदन दिए पनि अहिलेसम्म पाउन सकेका छैनन् ।

प्राधिकरणले माग परिपूर्ति गर्न ७ लाख सिंगल फेज विद्युत मिटर खरिद गर्ने प्रक्रिया अघि बढाइसकेकाे छ । प्राधिकरणले मिटर खरिद गर्न भारतीय ठेकेदार कम्पनी जिनस पावर इन्फ्रास्ट्रकचर लिमिटेडसँग सम्झौता गरिसकेको छ ।

घरयासी उपभोक्ताको घरमा जडान गर्ने गरी एकैपटक ७ लाख मिटर खरिद गर्न लागिएको हो । ठेकेदार कम्पनीले ठेक्का सम्झौतामा हस्ताक्षर भएको मितिले ५ महिनाभित्र मिटर खरिद गरी प्राधिकरणलाई बुझाउनुपर्नेछ । केही समयमै सिंगल फेज विद्युत  मिटर आउन सुरु हुने प्राधिकरणले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit