विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेकाे तल्लो इन्द्रावती जलविद्युत आयोजनाको इलेक्ट्रो मेकानिकलतर्फको ठेक्का भारतीय कम्पनी बिएफएल हाइड्रोले पाएको छ । सिन्धुपाल्चोकमा अघि बढाइएको ४.५ मेगावाटको आयोजनाको इलेक्ट्रोमेकानिकलको काम भारतीय कम्पनीले गर्ने भएको हो ।

प्रवर्द्धक कम्पनी र भारतीय कम्पनीबिच सोमबार (भदौ ११ गते) ठेक्का सम्झौता भएको छ । सम्झौताअनुसार बिएफएलले इलेक्ट्रोमेकानिकल तर्फ उपकरणको डिजाइन, इन्जिनियरिङ, उत्पादन, ढुवानी, जडान, परिक्षण र सञ्चालनसम्मको कार्य गर्नेछ ।

यो आयोजना यसअघि करिब ४० प्रतिशत निर्माण सम्पन्न भइसकेपछि अनुमतिपत्र खारेज गरेर सरकारको बास्केटमा राखिएको थियो । आयोजना निर्माण गरी सञ्चालन हुने अवधिभरका लागि ६२ करोड रुपैयाँ तिर्ने गरी २०७८ असारमा नै अनुमतिपत्र पुरानै कम्पनीलाई दिने आशयपत्र (लेटर अफ इन्टेन्ट–एलओआइ) जारी गरेको थियो ।

आशयपत्र जारी भएपछि कुनै कम्पनी दाबी विरोध गर्न नआएपछि नेशनल हाइड्रोले अनुमतिपत्रका लागि विभागमा आवेदन दिएको थियो । विभागले आवेदन दिएपछिको प्रक्रिया पूरा गरेर कम्पनीको नाममा आयोजनाको अनुमतिपत्र जारी गरी निर्माण गर्न बाटो खोलिदिएको थियो । कम्पनीले अध्ययन पूरा गरेर पनि विभागबाट २०८० बैशाख २० गते उत्पादन अनुमति पाएकाे छ ।

बागमती प्रदेश अन्तर्गत  सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा रहेको इन्द्रावती तेस्रो जलविद्युत आयोजनाको टेलरेसबाट निस्केको पानीको प्रयोग गरी सोही खोलाको दायाँ किनारमा मुख्य संरचनाहरू रहने गरी डिजाइन तयार पारिएको छ ।

यस आयोजनाबाट वार्षिक सरदर २९.९८ गिगावट घन्टा विद्युत उत्पादन हुनेछ । विद्युतगृहमा जडित २ वटा फ्रान्सीस टर्वाइन (२.३५मेगावाट) र २ वटा ३ फेज जेनेरेटर (२.६५ मेगावाट) मार्फत ४.५ मेगावाट विद्युत उत्पादन गरिनेछ र त्यहाँबाट निस्केको पानीलाई ५० मिटर लामो टेलरेसबाट पुन इन्द्रावती खोलामा छाडिनेछ ।

आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको २०० मिटर लामो ६६ केभी सिंगल सर्किट प्रसारण लाइन मार्फत पाँचखाल सबस्टेसनमा जाडिनेछ । आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) र कनेक्सन एग्रिमेन्ट (प्रसारण सम्झौता) सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit