विद्युत अपडेट

  • प्राधिकरण : ७१८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८२९० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५८८२ मे.वा.घन्टा
  • आयात : ६६९ मे.वा.घन्टा
  • निर्यात : ३३०५ मे.वा.घन्टा
  • ट्रिपिङ : १७० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२२०० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२८० मे.वा.
२०८२ पुस १४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल हाइड्रोपावर एसोसिएसन (एनएचए) को आगामी दुई वर्षका लागि पुनः अरुण रजौरियाको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन भएको छ । एनएचएको आइतबार सम्पन्न २४औँ वार्षिक साधारणसभा तथा रजत जयन्तिका क्रममा उक्त कार्यसमिति चयन गरिएको हो । बूढीगण्डकी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अध्यक्ष रजौरिया यसअघि पनि अध्यक्षको जिम्मेवारीमा थिए ।

नव निर्वाचित कार्यसमितिको अध्यक्षमा रजौरिया सहित उपाध्यक्षमा नसिबमान सिंह प्रधान, महासचिवमा निर्मला लामा चन्द, सचिवमा कृष्णबहादुर कुमाल र कोषाध्यक्षमा प्रतिमा श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरूमा सम्झना छुस्याबाग, रीतु श्रेष्ठ, शिवराम केसी, रियाज श्रेष्ठ, सन्तोष अधिकारी र वसन्तध्वज श्रेष्ठ चयन भएका छन् ।

सोही क्रममा विश्व बैंकका सिनियर हाइड्रोपावर स्पेशलिस्ट तथा एनएचएका संस्थापक सदस्य प्रविन कार्कीले संस्थाले विगत २५ वर्षदेखि जलविद्युत् विकासमा पु¥याएको योगदानको स्मरण गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे ।

एनएचएले आइतबार (पुस ६ गते) २४औँ वार्षिक साधारणसभा स्थापना गर्दै स्थापनाको २५औँ वर्षगाँठ (रजत जयन्ती) पनि मनाएको छ । सोही क्रmममा वक्ताहरूले नेपालमा जलविद्युत् क्षेत्रको विकास, निजी क्षेत्रको भूमिका र आगामी चुनौती तथा अवसरका विषयमा धारणा व्यक्त गरिएको थियो ।

उक्त अवसरमा जलविद्युत् क्षेत्रको दिगो विकासका लागि सरकारी निकाय, निजी क्षेत्र र अनुसन्धान संस्थाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइयो । साथै, एनएचएका सदस्यहरू, जलविद्युत् क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति थियो ।

नेपाल हाइड्रोपावर डाटाबेस २०२५ सार्वजनिक

२४औँ साधारणसभाका क्रममा ‘नेपाल हाइड्रोपावर डाटाबेस २०२५’ को औपचारिकरूपमा अनावरण गरिएको छ । उक्त नेपाल हाइड्रोपावर डाटाबेस २०२५ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सागरराज गौतमको प्रमुख आतिथ्यमा, हाइड्रो ल्याबका महाप्रबन्धक डा. मेगबहादुर विश्वकर्मा एनएचएका सल्लाहकार अधिवक्ता मुरलीप्रसाद शर्मा तथा एनएचएका अध्यक्ष रजौरियाले संयुक्तरूपमा अनावरण गरे ।

कार्यक्रममा वक्ताहरूले नेपाल हाइड्रोपावर डाटाबेस २०२५ ले देशको जलविद्युत् आयोजना सम्बन्धी तथ्याङ्कलाई एकीकृत, अद्यावधिक र विश्वसनीय बनाउने विश्वास व्यक्त गरे । यसले नीति निर्माण, लगानी प्रवद्र्धन तथा अनुसन्धानमा महत्त्वपूर्ण सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३