विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १३, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशुली ३ बी जलविद्युत् आयोजनामा फसेका ९१ जनाको उद्धार गरिएको छ । आयोजनामा कार्यरत कर्मचारी, निर्माण व्यवसायीका कामदार, परामर्शदाता, सुरक्षाकर्मी तथा प्रयोगात्मक अभ्यास (इन्टर्नसिप) मा गएका विद्यार्थीसहित कुल २१३ जना सम्पर्कविहीन भएका थिए । 

बाढी लगत्तै त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडको पहलमा उद्धार कार्य अघि बढाइएकोमा हालसम्म ९१ जना सम्पर्कमा आएका हुन् । सम्पर्कमा आएका मध्ये आयोजनाका ३ जना कर्मचारी, परामर्शदाता (चिलिमे इन्जिनियरिङ) का १ जना, एचएनएसी-झाङ्हेका २ जना र फेवा कन्स्ट्रक्सनका ८५ जना कामदार रहेका छन् । उद्धार गरिएका कामदार तथा कर्मचारीहरूलाई सुरक्षित स्थानमा राखिएको कम्पनीले जनाएको छ । 

आयोजना स्थलमा बाढीले पुर्‍याएको क्षतिको अवस्था बुझ्न र उद्धारका लागि भदौ ११ गते बिहान हेलिकप्टरमार्फत पुगेको टोलीले आयोजनाको कार्यालय तथा निर्माणस्थल पूर्ण रूपमा बगरमा परिणत भएको जनाएको छ । हाल सो क्षेत्रमा पुग्ने स्थलमार्ग पूर्ण रूपमा अवरुद्ध भएकाले एक्साभेटर लगायतका भारी उपकरणहरू पुर्यामएर उत्खनन तथा खोजी कार्य अगाडि बढाउन गृह मन्त्रालय, विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा, नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमसँग निरन्तर समन्वय भइरहेको कम्पनीले जनाएको छ । 

सम्पर्कमा आउन बाँकी रहेका व्यक्तिहरूको नामावली:

१. माथिल्लो त्रिशुली ३ बी जलविद्युत आयोजनाका कर्मचारी तथा सुरक्षाकर्मी (२२ जना):

१. इन्दिबर घिमिरे – आयोजना प्रमुख (सम्पर्क: ९८५११८५०९०, उमेर: ६२ वर्ष) 
२. प्रकाशनिधि तिवारी – उपप्रबन्धक (सम्पर्क: ९८५११२८०४६, उमेर: ५३ वर्ष) 
३. राजेश शर्मा – सहायक प्रबन्धक (सम्पर्क: ९८५११४५०६३, उमेर: ३४ वर्ष) 
४. सोमनाथ पौडेल – इन्जिनियर (सम्पर्क: ९८४१५२३१२०, उमेर: ३७ वर्ष) 
५. प्रमिला पाठक – इन्जिनियर (सम्पर्क: ९८४३४८१६४६, उमेर: ३२ वर्ष) 
६. दिपेश श्रेष्ठ – इन्जिनियर (सम्पर्क: ९८५११०८०७८, उमेर: ३७ वर्ष) 
७. शंकर प्याकुरेल – वातावरणविद् (सम्पर्क: ९८४३४०६७८५, उमेर: ३१ वर्ष) 
८. महेश्वर रिजाल – सहायक प्रशासन अधिकृत (सम्पर्क: ९८४१५४४५०५, उमेर: ४१ वर्ष) 
९. रमला गुरुङ – प्रशासन सहायक (सम्पर्क: ९८४३५८४८३७, उमेर: ३२ वर्ष) 
१०. ईश्वरप्रसाद भट्ट – प्रशासन सहायक (सम्पर्क: ९८६१४९२७४३, उमेर: ४२ वर्ष) 
११. पुष्पराज भट्टराई – सहयोगी (सम्पर्क: ९८४३१२३०३५, उमेर: ४२ वर्ष) 
१२. भगवानदिन चौधरी – सहयोगी (सम्पर्क: ९८४३११६५२१, उमेर: ३९ वर्ष) 
१३. जितबहादुर चौधरी – चालक (सम्पर्क: ९८५१२३०१०५, उमेर: ३६ वर्ष) 
१४. रामकुमार थारु – चालक (सम्पर्क: ९८५१२१५३८५, उमेर: ४६ वर्ष) 
१५. समुन्द्र आचार्य – चालक (सम्पर्क: ९८४३९६४५०३, उमेर: २७ वर्ष) 
१६. रामशरण वाइबा – सहयोगी (सम्पर्क: ९८६००५६९०३, उमेर: ३७ वर्ष) 
१७. कृष्णकुमार खड्का – चालक (सम्पर्क: ९८४१५८३७६२, उमेर: ४७ वर्ष) 
१८. विमला गुरुङ – कार्यालय सहायक (सम्पर्क: ९८४०६८३१२०, उमेर: ३२ वर्ष) 
१९. शकुन्तला गुरुङ – कार्यालय सहायक (सम्पर्क: ९८४१६९८३०१, उमेर: ४६ वर्ष) 
२०. चरीमाया गुरुङ – कार्यालय सहायक (सम्पर्क: ९८४३७९३१६२, उमेर: ५० वर्ष) 
२१. प्रजिना तामाङ – कार्यालय सहायक (सम्पर्क: ९८६००८४७९८, उमेर: ३५ वर्ष) 
२२. जयबहादुर गुरुङ – सुरक्षा गार्ड 

२. सम्पर्कमा नभएका कर्मचारीका परिवारका सदस्यहरू (७ जना):

१. आदित्य पौडेल शर्मा (उमेर: ३.५ वर्ष) 
२. आदिश्री पौडेल शर्मा (उमेर: ३.५ वर्ष) 
३. शिवांश पौडेल (उमेर: २.५ वर्ष) 
४. त्रिशा पौडेल (उमेर: २.५ वर्ष) 
५. कियान्शा अधिकारी (उमेर: २ वर्ष) 
६. गीता अधिकारी (उमेर: ५० वर्ष) 
७. तारा उपाध्याय (उमेर: ३३ वर्ष) 

३. परामर्शदाता चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनीका कर्मचारी (११ जना):

१. कमलबहादुर पाण्डे – वरिष्ठ टोली नेता (सम्पर्क: ९८४१५१५१५१) 
२. मनोज के.सी. – ठेक्का इन्जिनियर (सम्पर्क: ९८०८१५५३९५) 
३. सुमेस अमात्य – वरिष्ठ भूगर्भविद् (सम्पर्क: ९८४१९०४९२१) 
४. निरज श्रेष्ठ – वरिष्ठ निर्माण इन्जिनियर (सम्पर्क: ९८४३१२३२५६) 
५. मोनी दाहाल – प्रशासन तथा लेखा अधिकृत (सम्पर्क: ९८०८६४२०५२) 
६. रविन्द्रकुमार यादव – वरिष्ठ विद्युतीय इन्जिनियर (सम्पर्क: ९८४९२४८८८१) 
७. प्रबिन अमात्य – सिभिल इन्जिनियर (सम्पर्क: ९८४३०३८९३३) 
८. प्रतिक भट्ट – ठेक्का तथा योजना इन्जिनियर (सम्पर्क: ९८६१५८२६३६) 
९. हेमन्तराज जोशी – सिभिल इन्जिनियर (सम्पर्क: ९८४९६२८६१४) 
१०. महेश नेपाली – चालक (सम्पर्क: ९८२३६६८५३३) 
११. खिलबहादुर बुढाथोकी / पुनम न्यौपाने – भान्से टोली (सम्पर्क: ९८६३८५३१८८ / ९८४३०६७८५८) 

४. काठमाडौँ विश्वविद्यालयबाट प्रयोगात्मक अभ्यास (इन्टर्नसिप) मा गएका विद्यार्थीहरू (३ जना):

१. सृष्टि बास्तोला – सिभिल इन्जिनियरिङ चौथो वर्ष (सम्पर्क: ९७६३२५९१५२, उमेर: २१ वर्ष) 
२. समीर पौडेल – सिभिल इन्जिनियरिङ चौथो वर्ष (सम्पर्क: ९८६३२९४४६०, उमेर: २२ वर्ष) 
३. शिशिर गिरी – सिभिल इन्जिनियरिङ चौथो वर्ष (सम्पर्क: ९८४८०२९०९८, उमेर: २३ वर्ष)

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३