विद्युत अपडेट

  • प्राधिकरण : ८८५४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०८३३ मे.वा.घन्टा
  • निजी क्षेत्र : २५७३५ मे.वा.घन्टा
  • आयात : ३४८६ मे.वा.घन्टा
  • निर्यात : ४५४१ मे.वा.घन्टा
  • ट्रिपिङ : ११५० मे.वा.घन्टा
  • ऊर्जा माग : ५००५९ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २३३९ मे.वा.
२०८२ जेठ १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संखुवासभामा निर्माण सम्पन्न भएको १४.९ मेगावाटको माया खोला जलविद्युत आयोजनाबाट व्यापारिक विद्युत उत्पादन सुरु भएको छ । माया खोला हाइड्रो पावर कम्पनीले गत फागुन ४ गतेदेखि नै परीक्षण थालेको आयोजनाबाट व्यापारिक उत्पादन सुरु गरेको हो ।

आयोजनाले उत्पादन सुरु गरेको झण्डै साढे ४ महिनापछि मात्र व्यापारिक उत्पादन गर्न सकेको आयोजना संयोजक भरत थापाले बताए । ‘फागुनमै परीक्षण थाले पनि प्राविधिक समस्या देखिएकोले असार २२ गते अपरान्ह १२ बजेदेखि विद्युत व्यापारिक उत्पादन सुरु भएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘अहिले आयोजनाबाट उत्पादित विद्युत नियमित  रुपमा प्राधिकरणकाे प्रणालीमा गइरहेकाे छ ।’

विद्युत खरिद सम्झौता (पिपिए) को प्रावधान बमोजिम गठित समन्वय समितिको असार २८ गते बसेको सञ्चालक समितिको बैंठकले व्यापारीक उत्पादन सुरु भएको निर्णय गरेको हो । असार ७ गतेदेखि उत्पादन सुरु गरी १५ दिनको उत्पादन नेपाल विद्युत प्राधिकरणलाई निशुल्क ग्रिडमा उपलब्ध गराएपछि व्यापारिक उत्पादन सुरु भएको हो ।

आयोजनामा ७.७५ मेगावाटका दुई वटा टर्वाइन जडित छन् । आयोजनाबाट उत्पादित विद्युत विद्युतगृहदेखि ३ किलोमिटर दूरीमा रहेको प्राधिकरणको कोसी कोरिडोर तुम्लिङटार–इनरुवा  खण्डको २२० केभी बानेश्वर सबस्टेसनमा जोडिएको छ ।

सबस्टेसनसम्मको आवश्यक ३३ केभी लाइन कम्पनी आफैले निर्माण गरेको छ । आयोजनाबाट २०७८ असार नै देखि विद्युत उत्पादन गर्ने तालिका रहे पनि कोरोना महामारीको दोस्रो चरणमा ४० जना बढी कामदार तथा कर्मचारी संक्रमित हुन पुगे । यसबाट निर्माण प्रभावित हुँदा विद्युत उत्पादनको तालिका प्रभावित भएको कम्पनीले जानकारी दिएको छ । सुपर सिक्स अन्तर्गतको यो आयोजनाबाट वार्षिक ८ करोड १५ लाख ६५ हजार ६ सय ५४ युनिट विद्युत उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३