विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जलविद्युतको व्यापारिक उत्पादन गर्ने कम्पनीले साढे ४५ करोड रुपैयाँ बढीको रोयल्टी तिर्नुपर्ने देखिएको छ । महालेखापरीक्षक कार्यालयले शुक्रबार (भदौ ४ गते) सार्वजनिक गरेको ५८औं प्रतिवेदन तथा आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण विवरणमा निर्माण सम्पन्न भई विद्युत उत्पादन गरिरहेका जलविद्युत केन्द्रका प्रवर्द्धकबाट रोयल्टी रकम उठ्न बाँकी देखिएको हो ।

महालेखाको प्रतिवेदनअनुसार रोयल्टी बापतको ४५ करोड ५५ करोड ४४ लाख रुपैयाँ प्रवर्द्धक कम्पनीबाट उठ्न बाँकी देखिएको छ । विद्युत ऐन, २०४९ को दफा ११ मा भएको व्यवस्था बमोजिम जलविद्युतको व्यापारिक उत्पादन गर्ने प्रवर्द्धक कम्पनीले सरकारलाई रोयल्टी बुझाउनु पर्ने प्रावधान छ ।

‘आर्थिक वर्ष २०७५/७६ मा सञ्चालनमा रहेका ८२ जलविद्युत केन्द्रका प्रवर्द्धक कम्पनीबाट ४४ करोड ७४ लाख रुपैयाँ रोयल्टी उठेको थिएन,’ प्रतिवेदनमा भनिएको छ,‘आर्थिक वर्ष २०७६/७७ मा १२ जलविद्युत केन्द्रको समेत थप भई ९४ कम्पनीबाट २ अर्ब ८८ करोड ५१ लाख गरी ३ अर्ब ३३ करोड ५१ लाख उठ्नु पर्ने थियो । जसमध्ये २ अर्ब ८८ करोड ७६ लाख रुपैयाँ मात्रै असुल भयो ।’

असुल भएको बाहेकको बाँकी रकम उठ्न नसकेको प्रतिवेदनमा जनाइएको छ । जलविद्युत व्यापारबाट उठ्ने रोयल्टी रकम सम्बन्धित जिल्लामार्फत स्थानीय क्षेत्रको विकासमा खर्च हुने गर्दछ । विद्युत ऐन २०४९मा भएको व्यवस्थाअनुसार १ मेगावाटभन्दा ठूला जलविद्युत केन्द्रले रोयल्टी रकम तिर्नुपर्छ ।

जलविद्युतगृहले विद्युत उत्पादन सुरु गरेको १५ वर्षसम्म जडित क्षमताको हकमा प्रतिकिलोवाट वार्षिक १ सय रुपैयाँ र विद्युत उत्पादन गरेबापत प्रतियुनिट विद्युत बिक्री मूल्यको २ प्रतिशत हुन आउने रकम रोयल्टीबापत बुझाउनु पर्छ ।

१५ वर्ष विद्युत उत्पादन गरिसकेका जलविद्युतगृहको हकमा जडित क्षमताका लागि प्रतिकिलोवाट वार्षिक १ हजार रुपैयाँ र प्रतियुनिट बिक्री मूल्यको १० प्रतिशत रकम बुझाउनु पर्दछ । अहिले निर्माण सम्पन्न भई विद्युत उत्पादन गर्ने निजी विद्युत कम्पनीकाे संख्या ११० नाघिसकेकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit