विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज ४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । गोरखामा ९.८४ मेगावाटको दरौँदी नदी आंशिक जलाशय जलविद्युत् आयोजना निर्माण हुने भएको छ । मनकामना दरौँदै हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना अघि बढाउन लागेको हो । यसका लागि कम्पनीले विद्युत् विकास विभागमा दरखास्त पेश गरेर अनुमति पत्रको माग गरेको छ ।

गोरखा नगरपालिकाको वडा नम्बर १२, १३ र १४ मा आयोजनाको बाँध, ग्राभेल ट्रयाप, सेटलिङ बेसिन, हेडरेस पाइप, हेडरेस टनेल, सर्ज साफ्ट, पेनस्टक पाइप, पावर हाउस र टेलरेस जस्ता संरचना निर्माण गरिने भएको छ ।

आयोजना अन्तर्गत स्थानीय दरौँदी नदीमा ९ मटिर अग्लो २८ मिटर चौडाइको ४७ मिटर लामो बाँध निर्माण गरिने छ । बाँधसँगको दायाँ किनारम २.५ मिटर चौडाइको २.५ मिटर लामो साइड इन्टेक निर्माण गरिने र इन्टेकबाट आएको पानीलाई ४४.५० मिटर लामो ग्राभेल ट्रयाप विभिन्न संरचनामार्फत विद्युत् गृहमा पुर्‍याई विद्युत् उत्पादन गरिने छ ।

आयोजनाको बिजुली ५ किलोमिटर प्रसारण लाइनमार्फत विद्युत् प्राधिकरणको मार्कीचोक सबस्टेशनमा जोडिने छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३