विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज १, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । हिमाली क्षेत्रको पानीले दिने सेवा र सोसँग सम्बन्धित पारिस्थितिकीको संकटासन्नताको मापन तथा मूल्याङ्कन गर्ने मूल उद्देश्य अनुसार एक कार्यशाला  गाेष्टी आयाेजना गरिएकाे छ । हिमाली जल सम्बन्धी क्षेत्रीय शोधकार्य आयोजनाको श्रृङ्खलाबद्ध कार्यक्रम अन्तर्गत एकीकृत पर्वतीय विकासको लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) मा एकदिने हिमाली जल कार्यशाला आयोजना गरिएको हो ।

आइआइटी रूडकीसँगको सहकार्यमा नेपाल इन्जिनियरिङ कलेज (नेक) ले आयोजना गरेको कार्यशालामा हिमाली क्षेत्रको पानीले दिने सेवा र सोसँग सम्बन्धित परिस्थितिकीको संकटासन्नताको मापन तथा मूल्याङ्कन विषयमा विमर्म भयाे ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. विष्णुप्रसाद पाण्डेले विश्वव्यापी जलवायु परिवर्तनले हिमाली क्षेत्रमा घट्ने पानीको मात्रा र यसबाट पर्न जाने दबाब तथा पूर्वाधारको डिजाइनमा पर्ने प्रभावबारे मूल कार्यपत्र प्रस्तुत गरेका थिए । रिफ्रेस नामाकरण गरिएको हिमाली क्षेत्रको पानीको संकटासन्नता सम्बन्धित क्षेत्रीय शोध आयोजनामा नेपाल, भारत र भुटानका शैक्षिक संस्थाहरूको सहभागिता र सहकार्यमा उक्त तीन वर्षीय शोध आयोजना सञ्चालित छ ।

भारतको एनआइएचका प्रा.डा. विशाल सिंको अध्यक्षतामा भएको कार्यशालाको प्राविधिक सत्रमा आइआइटी रूडकीका प्रा.डा. आशुतोष शर्माले शोध आयोजनाको प्रगति विवरण प्रस्तुत गरेका थिए भने भारतकै विश्वविद्यालयका चार जना विद्यावारिधिका विद्यार्थीहरूले शोध आयोजना अन्तर्गत गरेका प्रगतिहरू प्रस्तुतिमा प्रकाश पारेका थिए ।

त्यसैगरी, विज्ञ छलफल (पानल डिस्कसन) सत्रमा सिँचाइ तथा जलस्रोत विभागका सहसचिव डा. सन्तोष कैनीले जलवायु परिवर्तनले नेपालको सिँचाइ आयोजनाहरूमा पर्न सक्ने प्रभाव न्यूनीकरणका लागि चालिएका पाइलाहरूबारे प्रकाश पारे ।  उता, इसिमोडका डा. नीरा श्रेष्ठले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा गर्न सक्ने अति विषम् परिस्थितिबारे प्रस्तुति राखेकी थिइन् ।

नेक सिपसएसका उपप्राध्यापक डा. नारायणप्रसाद कोजूले जलवायु परिवर्तनले नेपाल उच्च हिमाली भेगमा पाइने वन्यजन्तुहरूको वासस्थानमा पर्नजाने नकारात्मक प्रभावहरूबारे जानकारी दिनुभयो । रिफ्रेस शोध आयोजनाले आगामी दुई वर्षभित्र निश्चित शोध प्रश्नहरूको उत्तर खोज्ने प्रयास गर्ने जनाइएको छ ।

हिमाली क्षेत्रको पानीले के कस्तो वातावरणीय सेवा दिने गरेका छन्, जलवायु परिवर्तनले ती वातावरणीय सेवा दिने क्षमतामा कस्तो प्रभाव पार्ने छ ? जलवायु परिवर्तनले मनसुनी वर्षा र जलवायु सम्बन्धी विषम् परिस्थित सिर्जनामा कस्तो प्रभाव पर्नेछ र सम्भावित नकारात्मक परिणामहरूलाई समयमै सम्बोधन गर्न के कस्ता नितिगत तथा कार्यगत सुधारहरू गर्नु पर्दछ भन्ने विषयमा गहिरो अध्ययन गरी नेपाल, भारत र भुटान सरकारलाई सुझाव दिनेछ ।

जलवायु परिवर्तन सम्बन्धी आयामहरूको अलग-अलग प्रभावहरू भन्दा संयुक्त प्रभाव ठूलो हुन सक्दछ भन्ने आधारभूत अवधारणामा यो शोध आयोजना आधारित छ । कार्यक्रममा नेकका पूर्वप्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ, कार्यवाहक प्राचार्य सह–प्राध्यापक दुर्गाप्रसाद भण्डारी र नेक सिपसएसका निर्देशक प्रा.डा. तुसिता चाँदनी शाहीले कार्यशालामा भाग लिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३