विद्युत अपडेट

  • प्राधिकरण : ४४८४ मे.वा.घन्टा
  • सहायक कम्पनी : २६३४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९९३२ मे.वा.घन्टा
  • आयात : १४०८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २३२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३३४५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१२ मे.वा.
२०८० चैत ६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अर्थतन्त्रसँग जोडिएका विविध आयामहरू समेटेर लेखिएका आलेखहरू संग्रहित पुस्तक ‘अतृप्त अवसर’ बजारमा ल्याएका छन् । आइतबार (जेठ ८ गते) एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापा, राष्ट्रिय योजना आयोगकी पूर्वसदस्य डा. उषा झा र लेखक स्वम्ले संयुक्तरूपमा पुस्तकको सार्वजनिकीकरण गरेका थिए । पुस्तकका विभिन्न आलेखहरूमा केन्द्रित रहेर चलाइएको अन्तरक्रियात्मक कार्यक्रममा सांसद थापाले अब स्वदेशी उत्पादनको वृद्धि र औद्योगिकीकरणको विकल्प नरहेको बताए ।

आन्तरिक उत्पादन बढाउँदै राष्ट्रिय ढुकुटी भर्ने केही सामान तथा वस्तुको निर्यात गर्न आवश्यक रहेको उनको भनाइ थियो । उनले जुत्ता, तयारी पोषाक, वनपैदावर तथा जटिबुटी जस्ता वस्तु निर्यात गर्न सकिने तर्क अगाडि सारेका थिए । ठूला–ठूला सपनाका कुरा नगरी सानै कामबाट परिवर्तन ल्याउन सकिने हुँदा अबको सरकारले त्यसतर्फ काम गर्न जरुरी रहेको उनको धारणा थियो ।

यसैगरी, लेखक वाग्लेले नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्दै तत्काल आत्तिनुपर्ने अवस्था नरहे पनि हामी संकटोन्मुख अवस्थातिर गएको बताउ । नेपालमा ६ महिनाका लागि वस्तु तथा सेवा खरिद गर्न पुग्ने वैदेशिक मुद्रा सञ्चिति रहे पनि अव्यवस्थाले शून्यमा झर्न कत्ति पनि समय नलाग्ने हुँदा हरदम सचेन रहन जरुरी रहेको औंल्याए ।

पुस्तकमा अर्थतन्त्र, पूर्वाधार विकास, बैंकिङ, कोरोना महामारी, सरकारले पछिल्लो समय गरेका गतिविधि जस्ता विषयमा लेखिएका र विभिन्न छापा तथा अनलाइन पत्रिकामा प्रकाशित डेढ दर्जनभन्दा बढी आलेख समेटिएका छन् । साथै, विभिन्न पत्रपत्रिकामा छापिएका वाग्लेका अन्तर्वार्तालाई समेत साभार गरिएको छ ।

पत्रपत्रिकामा उल्लेखित आलेखहरू नपढेका वा पढ्न छुटाएका, आर्थिक पत्रकारितामा कलम चलाइरहेका पत्रकार, अर्थतन्त्रमा चासो राख्ने सरोकारकारवाला व्यक्ति एवम् जिज्ञासुहरूका लागि पुस्तक उपयोगी हुने देखिन्छ । यस्तै, विश्वको पछिल्लो राजनीतिक घटनाक्रम र यसले नेपालको अर्थतन्त्रमा पारेको असरका अन्तरवस्तुलाई पनि पुस्तकले समेट्ने जमर्को गरेको छ ।

सन् २०२० देखि २०२२ सम्म न्यूयोर्कस्थित राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) मुख्यालयमा एसिया प्रशान्त क्षेत्रको प्रमुख आर्थिक सल्लाहाकार रहेका वाग्ले त्यसअघि ३ वर्षसम्म योजना आयोगको उपाध्यक्ष तथा सदस्य थिए । हाल उनी सर्वाङ्र्गीण विकास अध्ययन संस्था (आइआइडिएस) का अध्यक्षको जिम्मेवारीमा छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit