विद्युत अपडेट

  • प्राधिकरण : ८२९२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५५९२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १७७४७ मे.वा.घन्टा
  • आयात : १०७८० मे.वा.घन्टा
  • निर्यात : 0 मे.वा.घन्टा
  • ट्रिपिङ : ३३१० मे.वा.घन्टा
  • ऊर्जा माग : ४५७२१ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २१४७ मे.वा.
२०८२ जेठ ५, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल र भारतबीच दुई वटा अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापना गर्ने समझदारी (एमओयू) भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय समकक्षी विद्युत् र आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टरको उपस्थितिमा मंगलबार उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

गत माघ ३० गते भारतको नयाँ दिल्लीमा बसेको नेपाल–भारत सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को १२औँ बैठकले ४०० केभीको इनरुवा–न्यू पूर्णिया र दोदोधरा (न्यू लम्की)–बरेली प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापना गर्ने निर्णय गरेअनुसार कम्पनी स्थापानका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा नेपाल विद्युत् प्राधिकरणको ग्रीड विकास विभागका निर्देशक कमल आचार्य र पावर ग्रीड लिमिटेड भारतका निर्देशक डा. यतिन्द्र द्विवेदीले हस्ताक्षर गरेका  छन् । समझदारी अनुसार दुई प्रसारण लाइन निर्माण गर्न नेपालतर्फ स्थापना हुने संयुक्त कम्पनीमा नेपालको ५१ प्रतिशत र भारततर्फ स्थापना हुने कम्पनीमा भारतको ५१ प्रतिशत शेयर स्वामित्व रहने उल्लेख छ । बाँकी ४९ प्रतिशत अर्को देशको रहनेछ ।

प्रसारण लाइनमध्ये इनरुवा–न्यू पूर्णियाको लम्बाई नेपालतर्फ करिब २५  किलोमिटर र भारततर्फ १०० किलोमिटर रहेको छ भने दोदोधरा–बरेली प्रसारण लाइनको नेपालतर्फ करिब ३५  किलोमिटर र भारततर्फ १५० किलोमिटर रहेको छ ।

कार्यक्रममा ऊर्जामन्त्री खड्काले दुई देशको ऊर्जा विकासमा यो समझदारी महत्त्वपूर्ण भएको बताए । उनले नेपालको ऊर्जा विकासको क्षेत्रमा भारतले पुर्‍याएको सहयोगप्रति धन्यवाद व्यक्त गरे । मन्त्री खड्काले इनरुवा–न्यू पूर्णिया र दोदोधारा–बरेली प्रसारण लाइन केवल विद्युत् प्रसारण संरचना मात्र नभई आपसी सम्पर्क सुत्र, विश्वास र दीगो विकासतर्फको साझा यात्रा भएको उल्लेख गरे ।

उनले अरुण तेस्रो, तल्लो अरुण, अरुण चौथो, फुकोट कर्णाली, माथिल्लो कर्णाली, पश्चिम सेती, सेती नदी–६ जस्ता ठूला जलविद्युत् परियोजना विकासमा भारतले लिएको अग्रसरताप्रति आभार प्रकट गरे । नेपालबाट पहिलोपटक भारतको प्रसारण लाईन हुँदै बंगलादेश विद्युत् निर्यातको शुभारम्भ भएको सन् २०२४ नोभेम्बर १५ को दिन नेपालको ऊर्जा इतिहासमा स्वर्णिम अध्याय सुरुवातको दिन भएको उनले उल्लेख गरे ।

कार्यक्रममा भारतका विद्युत् मन्त्री खट्टरले दुई देशबीच ऊर्जा क्षेत्रमा भएको प्रगति भारत र नेपालको गहिरिँदो सम्बन्धको द्योतक भएको बताए । उनले सन् २०२२ मा नेपाल–भारतबीच जारी गरिएको संयुक्त दृष्टिकोणपत्रको स्मरण गर्दै संयुक्त उत्पादन, सीमापार पूर्वाधार र विद्युत् व्यापार गरी ऊर्जा सहकार्यका ३ आयाममा उल्लेखनीय प्रगति भएको बताए । 
 
उनले गोरखपुर–बुटवल ४०० केभी प्रसारण लाइन निर्माण सुरु भएसँगै नयाँ परियोजनाहरूले द्विपक्षीय ऊर्जा सुरक्षालाई थप बलियो बनाउने विश्वास व्यक्त गरे । नेपाली विद्युत् भारतीय प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुनु ऐतिहासिक उपलब्धि भएको उनको भनाइ थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले नेपालमा जलविद्युत् क्षेत्रको प्रचुर सम्भावना भएको बताए । उनले नेपालमा उत्पादित जलविद्युत्लाई स्वदेशमा मात्र क्षेत्रीय मुलुकहरूमा हरित ऊर्जाको रूपमा प्रयोग गर्न सकिने भन्दै यसका लागि अन्तरदेशीय प्रसारण लाईन विकासको समझदारी  कोशेढुंगा सावित भएको हुने उल्लेख गरे ।

कार्यक्रममा विद्युत् नियमन आगोगका अध्यक्ष रामप्रसाद धितालसहितका पदाधिकारीहरू, ऊर्जा मन्त्रालयका अधिकारीहरू, विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंह, प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीसहितका पदाधिकारीहरू लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३