विद्युत अपडेट

  • प्राधिकरण : ८१३९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४७८९ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४६७२ मे.वा.घन्टा
  • आयात : १२१४६ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४१७५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४४९२० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२६१ मे.वा.
२०८२ ब‌ैशाख १५, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । भारतका विद्युत् र आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर काठमाडौँ आइपुगेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको निमन्त्रणामा उनी मंगलबार बिहान ९ बजे काठमाडौँ आइपुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा सचिव सुरेश आचार्य, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलगायत स्वागत गरेका थिए ।

दुईदिने नेपाल भ्रमणका लागि आएका मन्त्री खट्टर आजै दिउँसो भारतले संखुवासभाको अरुण नदीमा निर्माण गरेको अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्न त्यसतर्फ जाने कार्यक्रम छ । त्यस्तै, उनी आज साँझ काठमाडौँमा हुन लागेको दुई देशको संयुक्त लगानीमा निर्माण गर्न लागिएको लम्की–बरेली र इनरुवा–पूर्णिया प्रसारण लाइनको सम्झौतापत्र हस्ताक्षर समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । 

मन्त्री खट्टरले भोलि बिहान मुस्ताङको मुक्तिनाथको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ भने मुक्तिनाथबाट काठमाडौँ फर्केलगत्तै पशुपतिनाथको दर्शन गर्ने कार्यक्रमसमेत रहेको छ । पशुपति दर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ । उनी भोलि (बुधबार) साँझ नै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३