विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ असोज ४, आईतबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण अवरुद्ध बनेको नुवाकोटको बट्टार तथा त्रिशूली बजार क्षेत्रमा विद्युत् सेवा पुनःसुचारु भएको छ । नेपाल विद्युत् प्राधिकरणले द्रुत गतिमा वैकल्पिक व्यवस्था मिलाई प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति सञ्चालनमा ल्याएको हो ।

प्राधिकरणले बालाजु–त्रिशूली र चपली–देवीघाट ६६ केभी प्रसारण लाइनलाई ११ केभीमा चार्ज गरी बट्टार, त्रिशूली बजार तथा आसपासका क्षेत्रमा विद्युत् सेवा सुचारु गरेको छ । बाढीका कारण नियमित विद्युत् आपूर्ति प्रणालीका संरचनामा क्षति पुगेपछि उपलब्ध प्रसारण पूर्वाधारको वैकल्पिक उपयोग गर्दै सेवा पुनःस्थापनाको काम अघि बढाएको थियो ।

बाढीबाट क्षतिग्रस्त अन्य विद्युत् संरचनाको मर्मत तथा पुनःनिर्माण कार्यलाई तीव्र बनाइएको छ । साथै, बाढी प्रभावित अन्य सम्पूर्ण क्षेत्रमा पनि चाँडोभन्दा चाँडो विद्युत् सेवा पूर्णरूपमा नियमित बनाउन प्राविधिक टोली निरन्तर खटिरहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३