काठमाडौँ । अरूणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज (वैशाख १० गते) बाट अवितरित हकप्रद सेयर लिलम बिक्री गर्ने भएको छ । कम्पनीले १९ हजार १३४ कित्ता हकप्रद सेयर शिलबन्दी बोलपत्र प्रक्रिया मार्फत बिक्री गर्न लागेको छ ।
कम्पनीले १ बराबर १ अनुपातमा निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सेयर लिलाम विक्री गर्न लागेको हो । यो सेयरमा वैशाख २४ गतेसम्म इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले बोलपत्र पेश गर्न सक्नेछन् ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कमपनीले न्यूनतम सेयरको मूल्य १०० रूपैयाँ कायम हुनेगरी न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नुे जनाएको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धकका साथै बैंकका विभिन्न शाखाबाट आवेदन दिन सक्नेछन् । आवेदनका साथ गुड फर पेमेन्ट चेक वा आईपीएसमार्फत भुक्तनी गरेको रकमको भौचर पेश गनुपर्ने छ ।