विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले रामेछापमा निर्माण सम्पन्न जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर आवेदन खुल्ला गरेको हो । 

सय रुपैयाँमा अंकित ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निष्कासित सेयरमध्ये ९३ हजार ७ सय ५० कित्ता अर्थात ५ प्रतिशत सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको  छ ।

यस्तै, १ लाख ५६ हजार २ सय ५० कित्ता अर्थात ५ प्रतिशत सेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी, २८ लाख ७५ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । सर्वसाधारणले छिटोमा ११ गतेसम्म र ढिलोमा २२ गतेसम्म आवेदन दिन पाउनेछ ।

कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले यसअघि पनि स्थानीयका लागि सेयर निष्कासन गरी बाँडफाँड गरीसकेको छ । कम्पनीले निर्माण सम्पन्न गरेको आयोजना सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit