विद्युत अपडेट

  • प्राधिकरण : ४४८४ मे.वा.घन्टा
  • सहायक कम्पनी : २६३४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९९३२ मे.वा.घन्टा
  • आयात : १४०८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २३२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३३४५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१२ मे.वा.
२०८० चैत ६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ८ प्रतिशत बाेनस सेयर पारित गर्न साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ २ गते बसेको सञ्चालक समितिको बैंठकले बाेनस सेयर पारित गर्न २५औं साधारणसभाको मिति तय गरेको हो ।

आर्थिक वर्ष २०७८/७९ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतले हुन आउने रकम बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव साधारणसभाले पारित गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ०.४२१ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पनि पारित हुनेछ ।

यस्तै, साधारणसभामा कम्पनीले निर्माण गर्न लागेको १४.५० मेगावाटको बुदुम खोला जलविद्युत आयोजनाको लागि ऋण स्वीकृत गरिने कम्पनीले जनाएको छ ।

आव २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरूमा छलफल गरी पारित हुनेछ । आव २०७९/८० का लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण हुनेछ ।

साधारणसभा माघ २७ गते (शुक्रबार) ११ बजे इन्द्रणी कम्प्लेक्समा हुनेछ । यो कम्पनीको ३ मेगावाटको पिलुवा खोला,  ९.८४ मेगावाटको काबेली बी-१ क्यासकेड निर्माण गरी सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit