विद्युत आपूर्त : प्राधिकरण :४९५२ मे.वा.घन्टा / निजी क्षेत्र :४५७५ मे.वा.घन्टा / आयात : १४८१९ मे.वा.घन्टा / ट्रिपिङ : मे.वा.घन्टा / ऊर्जा माग :२४३४६ मे.वा.घन्टा/ उच्च माग :१२८७ मेगावाट
×

नेपालगन्ज वितरण केन्द्रकाे परस्पुर फिडर ३ दिन बन्द हुने

२०७७ फाल्गुण १०

काठमाडौं । नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रकाे परस्पुर फिडरकाे विद्युत लाइन ३ दिनका लागि काटिएकाे छ । वितरण केन्द्रले  नेपालगन्जकाे माइतीया स्कुलदेखि छोटीलाइनसम्म विस्तारित सडकका विद्युतीय पाेल सार्न विद्युत लाइन काटेकाे हाे ।

सोमबार (आज) बिहान १० बजेदेखि सो फिडरको सेवा बन्द गरेर पोल सार्ने काम सुरु गरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आगामी फागुन १२ गते (बुधबार) सम्म दैनिक ७ घण्टा सेवा बन्द गरिनेछ । बिहान १० बजेदेखि अवरुद्ध हुने सेवा साँझ ५ बजेदेखि सुचारु हुनेछ । विद्युत आपूर्ति बन्द हुँदा यस फिडरबाट वितरण हुने क्षेत्रकाे विद्युत सेवा  प्रभावित हुनेछ । 

बुटवल वितरण केन्द्रको देवीनगर फिडर पनि ६ बजेसम्मका लागि बन्द

प्राधिकरण बुटवल वितरण केन्द्रको देवीनगर फिडरको विद्युत सेवा पनि साँझ ६ बजेसम्मका लागि बन्द भएको छ । केन्द्रले सडक विस्तार गर्नका लागि सोमबार (आज) बिहान ७ बजेदेखि सेवा बन्द गरेको हो ।

बुटवल कालिकापथ होराईजन चोकदेखि ईट्टाभट्टीसम्म सडक विस्तार, पुरानो पोल हटाउने तथा नयाँ लाइन विस्तार गर्ने कार्यका लागि सेवा बन्द गरेको केन्द्रले जनाएको छ । सेवा बन्द हुँदा यी फिडरबाट वितरण हुने क्षेत्र प्रभावित हुनेछ ।
 

प्रतिक्रिया