विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशको विभिन्न ठाउँमा पहिचान भएका ४६ सौर्य आयोजनाहरू अध्ययनका विभिन्न चरणमा छन् । निजी तथा सरकारी ऊर्जा उत्पादकहरूले निर्माण गर्न लागेको उक्त क्षमताका आयोजनाहरू अध्ययनको विभिन्न चरणमा पुगेका हुन् ।

विद्युत विकास विभागका अनुसार १२४७.६ मेगावाटका सौर्य आयोजनाहरू अध्ययनको विभिन्न चरणमा छन् । हालसम्म ०.९९ मेगावाट देखि ३०० मेगावाट सम्मका ४६ सौर्य आयोजनाकाे अध्ययनको भइरहेकाे छ ।

विभागका अनुसार सबैभन्दा ठुलो ३०० मेगावाट एसपिभी सौर्य आयोजना रहेको छ । यो आयोजना झापा जिटी इनर्जीेले २०७८ चैत ५ गते अनुमति लिई अध्ययन गरिरहेको छ । यही कम्पनीले २०० मेगावाटको नेपालगन्ज एसभिपी सौर्य आयोजनाको अध्ययन गरिरहेको छ । विभागबाट २०७८ चैत ५ गते अनुमति लिइ अध्ययन सुरु गरेको हो ।

यस्तै, २५० मेगावाटको ग्रीड कनेक्टेड सौर्य आयोजनाको अध्ययन रिसेन क्लिन इनर्जी नेपालले गरिरहेको छ । विभागबाट २०७८ असोज ७ गते अनुमति लिएको कम्पनीले १ वर्ष भित्र पुरा गर्नु पर्ने विभागले जनाएको छ ।

४० मेगावाटको गोदावरी–अत्तरिया सोलार इलेक्ट्रीसिटी प्रोजेक्टले २०७९ साउन ९ गते अध्ययन अनुमति पाएको हाे । यो आयोजनाको हाइभ नेपाल प्राइभेट लिमिटेडले अध्ययन अनुमति लिई निर्माणको काम अघि बढाएको छ । यही कम्पनीले ३० मेगावाटको पहलमानपुर सोलार इलेक्ट्रीसिटी प्रोजेक्ट, ४० मेगावाटको भुरीगाउँ सोलार पिभी प्रोजेक्ट, २५ मेगावाटको  नेपालगञ्ज सोलार पिभी प्रोजेक्ट, ४० मेगावाटको कोहलपुर सोलार पिभी प्राजेक्ट र २५ मेगावाटको गुलरिया सोलार पिभी प्रोजेक्टको अध्ययन गरिरहेको छ ।

साथै, ५ मेगावाटको भद्रापुर, १ मेगावाटको ग्रीड कनेक्टेड, १० मेगावाटको लमही ग्रीड कनेक्टेड, १० मेगावाटको लमही–१ ग्रीड कनेक्टेड, ५ मेगावाटको बर्दिया ग्रीड कनेक्टेड, ३ मेगावाटको कालीखोलाले अध्ययन अनुमति पाएको छ ।

५ मेगावाटको मिथिला, ७ मेगावाटको जीरा भवानी, १० मेगावटको प्रतापुर, १० मेगावटको बेलबारी, ५ मेगावाटको टेक समुन्द्र, ८ मेगावाटको परवानीपुर लगायत अन्य २५ सौर्य आयोजनाहरूले अनुमति लिई अध्ययनकाे काम गरिरहेकाे विभागकाे तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit