विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मकवानपुर जिल्लाको कुलेखानी बाँधलाई नै प्रयोग गरेर १०० मेगावाटको पम्प स्टोरेज प्लान्ट बनाउने भएकोे छ । प्राधिकरणले सो क्षमता बराबरको कुलेखानी सिस्नेरी पम्प स्टोरेज जलविद्युत् आयोजना बनाउने प्रक्रिया अगाडि बढाएको हो ।

प्राधिकरणले यसका लागि सर्वेक्षणको अनुमति माग्दै विद्युत् विकास बिभागमा आवेदन पनि दिइसकेको छ । प्राधिकरणले गत पुसमा नै उक्त आयोजनाको सर्वेक्षण अनुमति माग्दै विभागमा आवेदन दर्ता गरेको हो ।

प्राधिकरणअन्तर्गतको एनईए इन्जिनीयरिङ कम्पनीले केही समयअघि नै यस सम्बन्धमा अध्ययन गरेको थियो । अध्ययनका क्रममा त्यहाँ पम्प स्टोरेज प्लान्ट बन्ने देखिएपछि प्रक्रिया अगाडि बढाइएको हो । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उक्त पम्प स्टोरेज प्लान्ट बनाउने प्रक्रिया अगाडि बढाइएको बताए ।

कुलेखानी बाँधभन्दा २ किलोमीटर तल रहेको सिस्नेरीमा उक्त आयोजना बन्नेछ । साँझको पिक आवर (४ घण्टा) मा उक्त आयोजना सञ्चालन गरिनेछ । उक्त समयमा कुलेखानी बाँधबाट नै पानी लगेर १०० मेगावाट विद्युत् उत्पादन गरिनेछ ।

विद्युतगृहको टर्वाइनबाट बाहिरिने पानीलाई नजीकै अर्को बाँध बनाएर जम्मा गरिनेछ । पिक आवर सकिएपछि रातिको समयमा पम्प तथा मोटर लगाएर बाँधको पानी माथि कुलेखानी बाँधमा फिर्ता पठाउने गरी आयोजना बनाउन लागिएको हो । यो चक्र पूरा गर्दा लगभग १० प्रतिशत पानी खेर जान सक्ने बताइएको छ ।

पानीको उच्चतम प्रयोग तथा पिक आवरको विद्युत् मागलाई आपूर्ति गर्न सहज हुने गरी आयोजना बनाउन लागिएको निमित्त कार्यकारी निर्देशक शाक्यले बताए । ‘हामीलाई अझै पनि हिउँदको पिक आवरमा मागअनुसारको विद्युत् पुग्दैन ।

त्यो अवस्थामा पिक आवरमा विद्युत् उत्पादन गर्ने गरी आयोजना बनाउन लागेका हौं,’ उनले भने, ‘त्यसपछि रातिको समयमा तल जम्मा भएको पानी कुलेखानी बाँधमा पठाउँछौं ।’ विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहले उक्त आयोजनालाई सर्वेक्षणको अनुमति दिने विषयमा छलफल भइरहेको बताए ।

अहिले विभागको आयोजना अध्ययन महाशाखामा उक्त आयोजनाको सम्भाव्यताको विषयमा अध्ययन भइरहेको उनको भनाइ छ ।

‘भौगोलिक बनोटका आधारमा आयोजना बन्न सम्भव छ कि छैन, आयोजना निर्माण हुने सम्भावना कत्तिको छ ? कस्तो बाँध बन्छ भन्ने विषयमा आवश्यक अध्ययन गरेर सर्वेक्षणको विषयमा निर्णय हुन्छ,’ उनले भने ।

कुलेखानी बाँध कंक्रिट नभएर ढुंगा भरेर बनाइने (रक फिल) बाँध हो । अब बन्ने बाँध पनि रक फिल नै हुने बताइएको छ । त्यो अवस्था बाँधमा दैनिक रूपमा पानी प्रवाह भइराख्न जोखिम हुन सक्ने उनको भनाइ छ । उक्त आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) भने बनाउने क्रममा नै रहेको छ ।

प्राधिकरणका निमित्त कार्यकारी निर्देशक शाक्यले भने उक्त आयोजना बनाउन सम्भव रहेको बताए । निर्माण शुरू गरेको २ वर्षभित्र नै आयोजनाको निर्माण सम्पन्न हुने उनको दाबी छ । आयोजना निर्माण गर्न करीब ८ अर्ब लगानी लाग्ने छ । उक्त लगानी रकम दातृ निकायको सहयोग तथा ऋण खोजेर जुटाइने शाक्यको भनाइ छ ।

आर्थिक अभियान दैनिक

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit