विद्युत अपडेट

  • प्राधिकरण : ७१८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८२९० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५८८२ मे.वा.घन्टा
  • आयात : ६६९ मे.वा.घन्टा
  • निर्यात : ३३०५ मे.वा.घन्टा
  • ट्रिपिङ : १७० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२२०० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२८० मे.वा.
२०८२ पुस १४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुमा सौर्य ऊर्जामार्फत विद्युत् आपूर्ति सुरु गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोग र स्थानीय उपभोक्ताको श्रमदानमा निर्माण गरिएको ५३ किलोवाट क्षमताको सौर्य मिनिग्रिडबाट १२० परिवार लाभान्वित भएका छन् ।

मिनिग्रिड सञ्चालनमा आएसँगै १२० परिवार, तीन व्यावसायिक फर्म र चार वटा सरकारी कार्यालयमा विद्युत् सेवा पुगेको व्यास–१ का वडाध्यक्ष अशोकसिंह बोहराले जानकारी दिए । उक्त सौर्य मिनिग्रिड सञ्चालनमा आएपछि स्थानीयले नियमित रूपमा विद्युत् प्रयोग गर्न पाएका छन् । चिसो मौसमका कारण ब्याट्रीका लागि बेलुका ९–१० बजेदेखि राति २ बजेसम्म विद्युत् आपूर्ति बन्द गरिने वडाध्यक्ष बोहराले जानकारी दिए ।

मिनिग्रिडबाट उत्पादित विद्युत् वितरणका लागि एक दशमलव ११३ किलोमिटर ‘थ्रीफेज’ र ४३२ मिटर ‘सिङ्गलफेज’ प्रसारण लाइन निर्माण गरिएको छ । सशस्त्र प्रहरी कार्यालयबाहेक वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकीलगायत कार्यालयमा पनि सोही ग्रेडबाट विद्युत् आपूर्ति भइरहेको छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत अमानुवल हक अन्सारीका अनुसार मिनिग्रिड निर्माणमा केन्द्रको रु ४ करोड १३ लाख ३३ हजार १०२ र स्थानीय उपभोक्ताको १० प्रतिशत श्रमदान रहेको छ । यसअघि छाङरुमा लघु जलविद्युतमार्फत विद्युत् सेवा पुर्‍याउने प्रयास भए पनि हिमपात, बाढीपहिरोका कारण पटकपटक क्षति पुग्दा सेवा नियमित हुनसकेको थिएन । घरघरमा उज्यालो भएपछि यहाँका स्थानीय खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३