विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सौर्य ऊर्जा प्रविधिबाट उत्पादन भएको विद्युतको जडित क्षमता ९०.२४ मेगावाट पुगेको छ । सरकार (वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्र-ए इपिसी / नेपाल विद्युत प्राधिकरण) र निजी क्षेत्रको लगानीमा निर्माण भएका सौर्य विद्युत आयोजनाबाट यति विद्युत उत्पादन भएको हो ।

सौर्य ऊर्जा प्रविधिबाट उत्पादन भएको विद्युत मध्ये ३०.२४ मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । जसमा २०.१४ मेगावाट निजी क्षेत्रले उत्पादन गरेको हो । बाँकी १०.१०० मेगावाट नेपाल विद्युत प्राधिकरणले उत्पादन गरेको हो ।

राष्ट्रिय प्रणालीमा जोडिएका सौर्य विद्युत आयोजनाले व्यापारिक उत्पादन गरिरहेकाे प्राधिकरणले जनाएकाे छ । प्राधिकरणका अनुसार पहिलो पटक काठमाडौ उपत्यका खानेपानी बोर्डले सौर्य ऊर्जा प्रविधिबाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रणालीमा जोडेको हो । खानेपानी बोर्डले २०६९ साल कात्तिक १५ गतेदेखि ६८० किलोवाट विद्युत उत्पादन गरेर प्राधिकरणलाई बेचिरहेको छ ।

निजी लगानीमा निर्माण भएको ९६० किलोवाटको विष्णुप्रिया सौर्य विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको दोस्रो आयोजना हो । सूर्य पावर कम्पनीले नवलपरासीमा निर्माण गरेको यो आयोजना परासी सबस्टेसनमा जोडिएको छ । 

सरकारले सौर्य विद्युत आयोजनाको विद्युत खरिद दर निर्धारण नगर्दै राष्ट्रिय प्रणालीमा जोडिएकाले विद्युत प्राधिकरणले यो आयोजनासँग जलविद्युत सरह नै हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा प्रतियुनिट ४.८० रुपैयाँमा विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ ।

यस्तै, निजी लगानीमा निर्माण भएको ८.५ मेगावाटको बुटवल सौर्य विद्युत आयोजना पनि राष्ट्रिय प्रणालीमा जोडिएको छ । यो आयोजनाले २०७७ असोजदेखि विद्युत उत्पादन सुरु गरेको हो ।

याे सरकारको मिश्रित ऊर्जा विकासको अवधारणाअनुरूप निर्माण पूरा भएर विद्युत उत्पादन सुरु गरेकाे पहिलाे साैर्य विद्युत आयोजना हाे । रिडी हाइड्रो पावर कम्पनीले निर्माण गरेको यो आयोजनाले व्यापारिक उत्पादन गरी प्राधिकरणलाई विद्युत बेचिरहेको छ । आयोजनाको उत्पादन अनुमतिपत्र २५ वर्षको छ ।

यही वर्ष राष्ट्रिय प्रणालीमा जोडिएको १० मेगावाटको मिथिला सौर्य विद्युत आयोजना निजी क्षेत्रले नै निर्माण गरेको हो । यो आयोजना गत फागुन २ गते प्रणालीमा जोडिएको हो । इको पावर डेभलपमेन्ट कम्पनीले निर्माण गरेको आयोजना प्राधिकरणको ढल्केबर सबस्टेसनमा जोडिएको छ । बुटवल र मिथिला सौर्य विद्युत आयोजनाले उत्पादन गर्ने विद्युत प्राधिरकणले प्रतियुनिट ७.३० रुपैयाँमा किनिरहेको छ । 

यस्तै, विद्युत प्राधिकरले निर्माण गरेको १० मेगावाट सौर्य विद्युत प्रणालीमा जोडिएको छ । प्राधिकरणले निर्माण गरिरहेको २५ मेगावाटमध्ये १० मेगावाट प्रणालीमा जोडिइसकेको हो । १५ मेगावाटको निर्माण अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले भर्खरै १० मेगावाटका २ साैर्य विद्युत आयोजनाकाे पिपिए गरेकाे छ । अहिले विद्युत विकास विभागबाट उत्पादन अनुमतिपत्र लिएका १ सय १० मेगावाटका १७ सौर्य विद्युत आयोजना निर्माणको विभिन्न चरणमा छन् ।

जसमध्ये अपि पावर कम्पनीले निर्माण अघि बढाएको ४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना आगामी बैशाखदेखि प्रणालीमा जोडिँदैछ । निर्माण सुरु गरेको ६ महिनामा यो आयोजना सम्पन्न हुन लागेको हो ।

निजी क्षेत्रले थप ६ सय मेगावाटका ३५ सौर्य विद्युत आयोजनाको अध्ययन अनुमतिपत्र लिएको छ । २३ मेगावाटका ३ आयोजनाले अध्ययन अनुमतिपत्रका लागि विद्युत विकास विभागमा आवेदन दिएका छन् ।

सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एइपिसी) मार्फत विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरी दुर्गम क्षेत्रमा जडान गरेको सौर्य ऊर्जा प्रविधिबाट पनि करिब ६० मेगावाट विद्युत उत्पादन भइरहेको छ । यो विद्युत राष्ट्रिय प्रणालीमा जोडिएको छैन ।

राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा नपुगेको दुगर्म क्षेत्रमा अनुदान कार्यक्रममार्फत सौर्य ऊर्जा प्रणाली जडान गरिएको छ । एइपिसीले केही जिल्लामा मिनी ग्रिड आयोजनामार्फत सौर्य ऊर्जा प्रविधिबाट स्थानीय क्षेत्रको विद्युतीकरण गरेको छ । अहिलेसम्म मिनि ग्रिडमार्फत ६ सय ९१ किलोवाट विद्युत उत्पादन गरेर वितरण गरिएको छ ।

एइपिसीको अनुदान कार्यक्रममार्फत ‘सोलार होम प्रणाली’ अन्तर्गत ३ लाख ३१ हजार ५ सय घरधुरीमा सौर्य ऊर्जा प्रविधि जडान भएको छ । संस्थागततर्फ पनि २ हजार १ सय ९६ संस्थामा सौर्य ऊर्जा प्रविधि जडान भएको एइपिसीले जनाएको छ । 

एइपिसीले दुर्गम क्षेत्रमा खाना पकाउनका लागि २ हजार ४ सय ५० वटा सोलार कुकर जडान गरेको छ । सौर्य ऊर्जा प्रविधिबाट खानेपानी तथा सिँचाइका १८ सय ८९ आयोजना सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit