विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जापान सरकारले काठमाडौं उपत्यका र पोखराको सहरी क्षेत्रको विद्युत प्रसारण तथा वितरण प्रणाली विस्तार तथा सुधार गर्न नेपाल विद्युत प्राधिकरणलाई सहुलित ऋण प्रदान गर्ने भएको छ ।

लक्षित आयोजना कार्यान्वयनका लागि बुधबार सरकारका तर्फबाट अर्थ सचिव कृष्णहरि पुस्कर र जापान सरकारका तर्फबाट नेपालका लागि जापानका राजदूत किकुता युताकाले आदानप्रदान पत्र तथा रेकर्ड अफ डिस्कसनमा हस्ताक्षर गरे । यस्तै, ऋण सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र जाइकाका आवासीय प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले हस्ताक्षर गरेका छन् ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) मार्फत प्राप्त हुने करिब १४ अर्ब २ करोड रुपैयाँ (१५९.०१ करोड जापानी येन) बाट १३२ केभी क्षमताका ५ वटा नयाँ सबस्टेसन निर्माण गरिने प्राधिकरणले जानकारी दिएको छ । साथै, सोही सहयोगबाट सहरी क्षेत्रमा १५ किलोमिटरभन्दा बढी १३२ केभी प्रसारण लाइन भूमिगत गरिने उल्लेख छ ।

प्राधिकरणका अनुसार जाइकाले काठमाडौं उपत्यकाको थापाथली, महाराजगन्ज, राजदरबार तथा सिरुटार र पोखराको बिरौटामा १३२/११ केभीका सबस्टेसन निर्माण हुनेछन् । सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनलाई प्राप्त हुने ऋणको वार्षिक ०.०१ प्रतिशत व्याजदर, ३० वर्षको भुक्तानी र १० वर्षको ग्रेस अवधि तोकिएको छ ।

आयोजना कार्यान्वयनबाट काठमाडौं, पोखरा लगायतका सहरमा प्रसारण चुहावट घट्ने, वितरण प्रणालीको क्षमता विस्तार हुने, विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने अपेक्षा गरिएको छ । आयोजनामार्फत काठमाडौंको टेकुस्थित सबस्टेसनबाट करिब २ किलोमिटर १३२ केभी प्रसारण लाइनलाई भूमिगत गरी थापाथलीमा रहेको स्वीचिङ स्टेसनमा ल्याइने छ । थापाथली स्वीचिङ स्टेसनलाई हटाएर त्यहाँ १३२/११ केभी सबस्टेसन निर्माण गर्ने योजना छ ।

९० एमभिए सबस्टेसनको क्षमताबाट विद्युत वितरणका लागि ९/१० वटा फिडर निकालिने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बालाजु सबस्टेसनबाट १३२ केभी प्रसारण लाइनलाई ९ किलोमिटरभन्दा बढी भूमिगत केबलमार्फत महाराजगञ्ज हुँदै राजदरबार ल्याइने छ । महाराजगन्ज र राजदरबारमा १३२/११ केभीका एक-एक सबस्टेसन निर्माण हुनेछन् ।

सबस्टेसनको क्षमता ६०/६० एमभिए रहने छ । यस्तै, भक्तपुरको सिरुटारमा १३२/११ केभीको सबस्टेसन निर्माण निर्माण गरिने तथा सबस्टेसनको क्षमता ६० एमभिए रहनेछ । तीनवटै सबस्टेसनहरुबाट स्थानीयरूपमा विद्युत वितरणका लागि ९/१० वटा फिडर निकालिने पनि प्राधिकरणले जनाएको छ ।

उता, पोखराको विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन पोखरा महानगरपालिका–१७ बिरौटामा १३२/११ केभी सबस्टेसनको निर्माण गरिने छ । प्राधिकरणले कालीगण्डकी–लेखनाथ १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युतलाई बिरौटामा सबस्टेसन बनाएर पोखराको सहरी क्षेत्रमा आपूर्ति गर्नेछ । प्रसारण लाइनबाट सबस्टेसनसम्म करिब ६ सय मिटर लाइनलाई भूमिगत गरिने छ । सबस्टेसन निर्माणका लागि बिरौटास्थित फेवा विद्युतगृहको जमिन प्रयोग गर्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit