विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २२० केभी उदीपुर-न्यू भरतपुर प्रसारण लाइन आयोजना निर्माणका लागि सरोकारवालासँग राय/सुझाव माग गरेको छ । प्राधिकरणले आयोजना निर्माण गर्दा पर्न सक्ने वातावरणीय प्रभावका सम्बन्धमा सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको हो ।

सम्बन्धित सरोकारवालालाई आयोजना निर्माण गर्दा स्थानीय क्षेत्रको वातावरणमा पर्न सक्ने प्रतिकुल प्रभावका सम्बन्धमा लिखित राय/सुझाव माग गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार प्रतिवेदन तयारी गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक, भौतिक, जैविक, सामाजिक, साँस्कृतिक र आर्थिक प्रणालीमा के कस्तो प्रभाव पर्दछ भनी यकिन गर्न सो क्षेत्रको नगरपालिका, गाउँपालिका, विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला त्यक्ति वा संस्थासँग लिखित राय\सुझाव माग गरिएको  छ ।

प्रभावितले आगामी एकसाताभित्र प्राधिकरणकाे कार्यलय वा परामर्शदाता सिदार्थ इन्भाएरोमेन्टल सर्भिसको कार्यालयमा प्राप्त हुने राय सुझाव पठाउनुपर्नेछ । याे लाइनकाे प्रतिवेदन यसअघि नै स्वीकृत भएपनि उक्त आयोजना कार्यान्वयनका क्रममा कटान गर्नुपर्ने रुख सङख्या तथा वन क्षेत्रमा फरक पर्नुका साथै लाइनको केही खण्डहरूमा स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनभन्दा फरक पर्ने भएकोले यस आयोजनाको परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण गरिएको हो । 

प्रसारण लाइन लमजुङ जिल्लाको उदीपुरबाट तनहुँ जिल्लाको मार्कीचोक हुँदै चितवन जिल्लाको आँपटारीसम्म निर्माण हुने गरी प्रस्ताव गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार आयोजना निर्माण गर्दा लमजुङ, तनहुँ , गोरखा र चितवन जिल्लाका १० वटा स्थानीय तहहरूमा प्रभावित हुनेछ ।

प्रसारण लाइनको केन्द्रबाट दुवैतर्फ १५–१५ मिटर गरी कुल ३० मिटरको भोगाधिकार कायम हुने गरी उदीपुर देखी मार्कीचोक सबस्टेसनसम्म ३९.०२ किलोमिटर र मार्खीचोकदेखि न्यू भरतपुर सबस्टेसनसम्म २८.२६ किलोमिटर गरी कुल ६७ किलोमिटर हुनेछ । यस क्रममा १९३ वटा विद्युत प्रसारण लाइनका टावरहरू निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit