विद्युत अपडेट

  • प्राधिकरण : ६६७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : ७०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : २१२४१ मे.वा.घन्टा
  • आयात : ६६१५ मे.वा.घन्टा
  • निर्यात : २२३५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४१६०८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०७१ मे.वा.
२०८२ चैत २५, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पेट्रोलियम आपूर्तिमा अवरोध सिर्जना हुँदा बढ्न सक्ने विद्युत् मागको आपूर्तिमा आउन सक्ने चुनौतीको सामना गर्न आवश्यक सम्भव भएसम्मका पूर्वतयारी अपनाइएको जनाएको छ । पश्चिम एसियाली राष्ट्रहरूमा देखिएको असहज परिस्थितिका कारण हाल पेट्रोलियम आपूर्तिमा समस्या भई घरायसी उपभोगमा विद्युत्‌को प्रयोग बढेसँगै प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले मंगलबार विज्ञप्तिमार्फत यस्तो जानकारी गराएको हो ।

माग बढ्दा प्रसारण तथा वितरण प्रणालीमा ‘ओभरलोड’ले ट्रान्सफर्मर तथा कन्डक्टर (तार) हरू जल्न सक्ने उपभोक्ताको चिन्ता देखिएको छ । यद्यपि, प्राधिकरणले यी यस्ता आवश्यक विद्युत् उपकरण तथा सामग्री तत्कालको आवश्यकता धान्न पुग्ने गरी मौज्दातमा रहेको जानकारी दिएको छ ।

‘हाल प्राधिकरणसँग ट्रान्सफर्मर र तारको मौज्दात कायम रहेकोले तत्काल आवश्यकताको परिपूर्ति गर्न प्राधिकरण सक्षम रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै आवश्यक उपकरणहरूको खरिद प्रक्रिया अन्तर्गत आपूर्तिकर्तासँग सम्झौता सम्पन्न भइसकेको छ । पुराना ट्रान्सफर्मरको मर्मत एवम् स्टोरको चुस्त व्यवस्थापनबाट कुन पनि अभाव सिर्जना हुन नदिइने जानकारी गराउँदछौँ ।’

पश्चिम एसियाली देशहरूमा विकसित असहज परिस्थितिका कारण सामान आपूर्ति र ढुवानीमा केही ढिलाइ हुने देखिएको भए पनि एक महिनाभित्र हुने आपूर्तिपछि आवश्यक सामग्रीको उपलब्धता थप सहज हुने अपेक्षा रहेको जनाएको छ ।

नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिमा प्राधिकरण कटिबद्ध रहेको समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३