विद्युत अपडेट

  • प्राधिकरण : ९२६७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १८३९८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५८२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २३६७९ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७३४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६१ मे.वा.
२०८३ साउन २८, बिहिबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले ४ सल्लाहकार समूह गठन गरेका छन् । मन्त्री श्रेष्ठले बिहीबार ३ जना नयाँ सल्लाहकार नियुक्त गरी ४ पुर्‍याएका हुन् ।

मन्त्रालयका अनुसार आशुतोष तिवारी योजना तथा लगानी, रमेश पौडेल नीति र गणेश कार्की निजी क्षेत्र हेर्ने गरी नियुक्त गरेका छन् । यसअघि विवेकराज कँडेल ऊर्जा सल्लाहकारका रूपमा नियुक्त भइसकेका थिए ।

नयाँ नियुक्तिसँगै मन्त्री श्रेष्ठको सल्लाहकार समूहमा ऊर्जा, नीति, योजना तथा लगानी र निजी क्षेत्रका विषय विज्ञका रूपमा  ४ जना समेटिएको उनको सचिवालयले जनाएको छ । कार्की स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का निवर्तमान अध्यक्ष हुन् ।

मन्त्रीका सल्लाहकारहरूले सम्बन्धित क्षेत्रका नीति निर्माण, योजना तर्जुमा, लगानी प्रवर्द्धन तथा निजी क्षेत्रसँगको समन्वयलगायतका विषयमा आवश्यक सुझाव र परामर्श दिने बताइएको छ । सबै सल्लाहकारले अवैतनिक रूपमा जिम्मेवारी निर्वाह गर्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३