विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज ३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले भारतमा थप २५१ मेगावाट विद्युत् निर्यात् गर्न स्वीकृति प्राप्त भएकोमा भारत सरकार र परराष्ट्रमन्त्री डा. आरजु राणाप्रति विशेष धन्यवाद ज्ञापन गरेका छन् । मन्त्री दड्काले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत धन्यवाद ज्ञापन गरेका हुन् । 

उनले आफूले नेतृत्व गरेको ऊर्जा मन्त्रालयले १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित १० हजार मेगावाट भारतको लागि मात्र बिक्री गर्ने सोचका साथ ऊर्जा विकासमा लागेकोले परराष्ट्रमन्त्री राणाले यसका लागि लिएको पहल सह्रानीय भएको बताएका छन् ।  

‘नेपालका विभिन्न १२ जलविद्युत् आयोजनाबाट थप २५१ मेगावाट (१२५ मेगावाट बिहारलाई पीटीसी इन्डिया लिमिटेड मार्फत र १२६ मेगावाट हरियाणालाई एनटीपीसी विद्युत् व्यापार निगम मार्फत) बिजुली निर्यात स्वीकृति दिएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु,’ उनले भनेका छन्, ‘विशेष धन्यवाद माननीय परराष्ट्रमन्त्री डा. आरजु देउवा ज्यूलाई पनि, जसको पहलमा २ देशबीचको विद्युत् व्यापारले उल्लेखनीय प्रगति गरेको छ र परराष्ट्रमन्त्री ज्यूको भारत भ्रमणले २५१ मेगावाट विद्युत् व्यापारका लागि २ पक्षीय स्वीकृति प्राप्त भएको छ, जुन हाम्रो ऊर्जा विकासको लागि साँचै नै राम्रो कुरा हो ।’

परराष्ट्रमन्त्रीको दीगो सोच र लक्ष्यका कारण २ देशबीचको व्यापार साझेदारीलाई अगाडि बढाई राष्ट्रलाई आर्थिक उन्नतितर्फ लाने कुरा जग जाहेर नै रहेको उनको दाबी छ । 

'भारतले नेपालका २८ जलविद्युत् आयोजनाबाट कुल ९४१.४४ मेगावाट बिजुली निर्यातको स्वीकृति दिएको छ,' मन्त्री खड्काले भनेका छन्, 'नेपाल र भारतबीच आगामी दिनमा ऊर्जा क्षेत्रमा थप सहकार्य वृद्धि हुँदै जानेमा म आशावादी छु ।'

परराष्ट्र मन्त्री राणाकाे भारत भ्रमणकाे दाैरान साेमबार थप विद्युत् निर्यातका लागि भारतले स्विकृति दिएकाे थियाे ।

विस्तृत समाचार याे लिंकमा – भारतमा थप २५१ मेगावाट विद्युत् निर्र्यात अनुमति, अब हजार मेगावाटभन्दा बढी निर्यात हुने

 

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३