विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सयपत्री हाइड्रो पावर लिमिटेडले आगमी साउन १३ गतेदेखि सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले बाग्लुङ जिल्लाको दरम खोलामा निर्माण सम्पन्न २.५ मेगावाटको दरम खोला–ए जलविद्युत आयोजनाले सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो । 

आयोजना प्रभावित स्थानीयमा विक्री नभएको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० लाख कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ५ प्रतिशत हुन आउने अर्थात ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशत हुन आउने अर्थात १४ हजार ४ सय २१ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याएको छ ।  

बाँकी, ६ लाख ७० हजार ५ सय कित्ता सर्वसाधारणले आवेदन दिनसक्नेछन् । 

सर्वसाधारणले न्यूातम १० कित्तादेखि अधिकतम ३० हजार कित्ता सम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन गरी बाँफाँड गर्न एनआईबिएल क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । 

कम्पनीले बाग्लुङ जिल्लाको दरम खोलामा रहेको २.५ मेगावटको दरम खोला–ए जलविद्युत केन्द्रले २०७३ असार १२ गतेबाट निरन्तर विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको कुल लागत ५३ करोड ४५ लाख रहेको छ भने प्रतिमेगावाट लागत खर्च २१ करोड ३८ लाख खर्च भएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit