विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुन्दर यातायात प्रालिले सार्वजनिक यातायात सञ्चालनमा सहजिकरण गरिदिन सरकारसँग माग गरेको छ । गत बैशाख १६ गतेदेखिको निशेधाज्ञाले सार्वजनिक सवारी साधन सञ्चालन ठप्प भएको भन्दै अब वातावरण सहज बनाइदिन माग गरिएको हो ।

सुन्दर यातायातले सोमबार सार्वजनिक यातायात सञ्चालन सहजिकरणको माग राखी भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ । लामो समयसम्म भएको निशेधाज्ञाका कारण यातायात नचलाउँदा बैंकको ब्याज भुक्तानीमा समस्या हुन थालेको तथा कामदार, मजदुर तथा कर्मचारीको रोजगारी गुम्ने अवस्था आएको भन्दै अब सहजरूपमा यातायात सञ्चालन गर्ने वातावरण बनाइदिनु पर्ने माग मन्त्रालयसमक्ष राखेको सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले बताए । 

उनले सार्वजनिक यातायात सञ्चालन गर्न नपाउँदा यस क्षेत्रमा कार्यरत व्यवसायी, मजदुर, कामदार र कर्मचारीलाई थप आर्थिक संकट आउनुका साथै देशको अर्थतन्त्रमा पनि नकारात्मक प्रभाव परिरहेको बताए ।कोराना (कोभिड–१९) सँग लड्नुको साटो डराएर बस्दा जुनसुकै क्षेत्रका आम सर्वसाधारणको रोजिरोटी गुम्ने तथा भोकमरीकोस्थिती आउन धेरै दिन नलाग्ने बताए । 

नेपालमा कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि गरिएको निशेधाज्ञाका कारण सार्वजनिक यातायातका सवारी साधनको सञ्चालन बन्द भएको छ । अत्यावश्यक सेवा बाहेकका कुनै सार्वजनिक सवारी साधन चलेका छैनन् ।

उपत्यकामा सुन्दर यातायातका  ५ वटा विद्युतीय बस सञ्चालनमा छन् । २ वटा ४ पाङग्रे साना सवारी (हाइस) परिक्षणको चरणमा छ । चाँडै ९ वटा विद्युतीय बस ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३