विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले बैशाख १६ र १७ गते काठमाडौंमा ‘तेस्रो लगानी सम्मेलन २०८१’ आयोजना गर्ने भएको छ । यसअघि बैशाख ९ र १० गते तय भएको सम्मेलन एक साता पछि धकेलिएको हो ।

विदेशी लगानीमा मात्रै केन्द्रित नभएर स्वदेशी, गैरआवासीय नेपाली (एनआरएनए) लगायतबाट लगानी ल्याउनका लागि आयोजना गर्न लागिएको सम्मेलन एक साता पछि धकेलिएको जनाइएको छ । लगानी सम्मेलन आयोजना गर्न गठित निर्देशक समितिको दोस्रो बैठक बुधबार अर्थ मन्त्रालयमा बस्दैछ ।

लगानी सम्मेलनका लागि अर्थमन्त्री प्रकाशशरण महतको संयोजकत्वमा निर्देशक समिति गठन गरिएको छ । उक्त निर्देशक समितिको पहिलो बैठक मंसिर १० गते बसेको थियो ।

सम्मेलनले ठूलो लगानीलाई मात्रै नहेरी रोजगार सिर्जना गर्ने, उत्पादनका  क्षेत्रमा मद्दत पुर्‍याउने, छिमेकी देशबाट धेरै उद्योग व्यवसाय ल्याउनेलाई मध्यनजर गर्दै काम भइरहेको जनाइएको छ ।

लगानी सम्मेलन आयोजना गर्न मुख्यसचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको नेतृत्वमा प्राविधिक समिति छ । तेस्रो लगानी सम्मेलनको सचिवालय लगानी बोर्डको कार्यालयमा रहने जनाइएको छ ।

सम्मेलनका लागि आवश्यक कानूनी सुधार, प्राविधिक विषय, लगानीकर्तालाई सम्मेलनबारे जानकारी दिनेलगायत काम कार्यान्वयन समिति र प्राविधिक समितिमार्फत गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit