विद्युत अपडेट

  • प्राधिकरण : ९८८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८८१२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २२३९७ मे.वा.घन्टा
  • आयात : ३७८० मे.वा.घन्टा
  • निर्यात : ३०५२ मे.वा.घन्टा
  • ट्रिपिङ : २०४० मे.वा.घन्टा
  • ऊर्जा माग : ४६९१८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२१२ मे.वा.
२०८२ जेठ २३, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । पूर्वाधार विकास समितिमा विद्युत् विधेयक, २०८० माथि संशोधनसहित बुधबार दफाबार छलफल भइरहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको सहभागितामा विधेयकमाथि छलफल चलिरहेको हो । 

विद्युत् ऐन २०४९ लाई प्रतिस्थापन गर्ने गरी विद्युत् विधेयक संसदमा लगिएको लामो समय भए पनि विवादका कारण हालसम्म पारित हुन सकेको छैन । पछिल्लो विद्युत् विधेयक २०८० पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले २०८० साल भदौ २७ गते संसदमा दर्ता गराएका थिए । उक्त विधेयक संसदमा पेश भएपछि संसदको पूर्वाधार विकास समितिमा छलफल चल्दै आएको छ । 

खास गरी विद्युत् विधेयकका व्यवस्थाले स्वदेशी जिनी ऊर्जा प्रवर्द्धकहरूलाई निरुत्साहित गर्न खोजेको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले विरोध गर्दै आएको थियो । विधेयक संशोधन गरेर मात्र संसदबाट पारित गर्नुपर्ने इपानको माग रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३