विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ९, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेकी नेतृ एवं प्रतिनिधि सभा सदस्य (सांसद) सुनिता बरालले औद्योगिक क्षेत्रमा भइरहेको अघोषित लोडसेडिङ अन्त्य गर्न सरकारसँग माग गरेकी छन् । बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् । २४ घन्टा लगातार चल्नुपर्ने उद्योगहरू विद्युत् आपूर्ति नहुँदा कम क्षमतामा चलेर घाटा ब्यहोर्न बाध्य भएको उनको भनाइ छ । 

‘लोडसेडिङ मुक्त देश भनेर गौरव गर्दै गर्दा यो खुसी केबल काठमाडौँका लागि मात्र हो भनेर बुझ्नु पर्ने बाध्यता हामीमा छ,’ उनले भनिन्, ‘औद्योगिक करिडोरका उद्योगहरू कतिबेला विद्युत् जाने हो र कति घाटा बेहोर्नु पर्ने हो भन्ने चिन्तामा छन् ।’

अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने उद्योग क्षेत्र पूर्ण क्षमतामा चलाउने वातावरण बनाउन उनले माग गरिन् । 

‘औद्योगिक क्षेत्रमा भएको यो अघोषित दैनिक १२ देखि १५ घन्टाको औद्योगिक लोडसेडिङ अन्त्य गर्दै अर्थतन्त्रलाई निर्णायक महत्त्व राख्ने उद्योग संचालनको लागि सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराउन चाहान्छु,’ उनले भनिन् ।  
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३