विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिइडिबी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले बैंशाख १७ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो ।

सय रुपैयाँ अंकित २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निष्कासन हुने सेयरमध्ये २ प्रतिशत अर्थात ५० हजार ३ सय ६५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ ।

यस्तै, ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९ सय ११ कित्ता सेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी २३ लाख ४१ हजार ९ सय ५४ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् । आवेदकले छिटोमा बैशाख २१ गतेसम्म र ढिलोमा ३१ गतेसम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सनराइज क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत २ गते सेयर निष्कासन अनुमति पाएको थियो ।

 बोर्डमा आवेदन दिएको झण्डै ४ वर्षपछि साधारण सेयर निष्कासनको अनुमति पाएको हो । कम्पनीले २०७४ साल असार २७ गते कम्पनीमा सेयर निष्कासनको अनुमतिका लागि आवेदन दिएको थियो ।

जलविद्युतको विकासमा लगानी गर्ने उद्देश्यले २०६६ साल मंसिर १५ गते यो कम्पनी स्थापना भएको हो । अहिलेसम्ममा कम्पनीले लगानी गरेका ८.५८ मेगावाटका जलविद्युत अयोजनाले विद्युत उत्पादन गरिरहेका छन् । १८३ किलोवाटको स्याङ्गे, ४ मेगावाटको खुदी र ४.४ मेगावाटको राधी सिइडिबीको लगानीका आयोजना हुन् ।

यस्तै, कम्पनीको लगानी भएका ५ जलविद्युत आयोजना अहिले निर्माणाधीन छन् । ११ मेगावाटको तल्लो खारे, १२ मेगावाटको दोर्दी खोला–१, ५ मेगावाटको रुकुमगाड र ४५ मेगावाटको कसुवा खोला निर्माणाधीन छन् । ३० मेगावाटको न्यादी बुटवल पावर कम्पनीसँग लगानी साझेदारीमा निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३