विद्युत अपडेट

  • प्राधिकरण : ८५७८ मे.वा.घन्टा
  • सहायक कम्पनी : १४१७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४४८४ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २२९५३ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६७३२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९६७ मे.वा.
२०८३ असोज २८, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमालयन हाइड्रो पावर लिमिटेडलाई साढे २२ लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्ने अनुमति दिएको हो । 

सय रूपैयाँ अंकित २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन अनुमति पाएको कम्पनीका सचिव कृष्णप्रसाद भण्डारीले बताए । उनका अनुसार बोर्डमा आवेदन दिएकाे करिब साढे २ वर्षमा स्विकृत भएको हो । सेयर निष्कासन अनुमतिका लागि २०७६ कात्तिकमा आवेदन दिइएको थियो ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको साधारण सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ । दोस्रो चरणमा सर्वसाधरणका लागि निष्कासन गरिनेछ ।

सेयर निष्कासन गरी बाँडफाँड गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको कास्कीमा १२ मेगावाटको नामार्जुन मादी सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३